१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कमलपोखरीको पुनर्निर्माण सुरु

काठमाडौं – काठमाडौंस्थित कमलपोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ। बिहीबार कमलपोखरीमा एक कार्यक्रम गर्दै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन्।

शाक्यले सो पोखरीलाई ऐतिहासिकरूपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गरे। उनले सो पोखरी पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराए। त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे। उनले निर्माण कम्पनीलाई पनि समयमै सो पोखरीको पुनर्निर्माण नगरे कारबाही गर्ने चेतावनी पनि दिए।

काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको सो पोखरी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १९ असार २०७६ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App