१० मंसिर २०८१ सोमबार
image/svg+xml

संविधानमै निर्वाचन मिति

लोकतन्त्रको धमनीका रूपमा लिइने आवधिक निर्वाचन समयमा हुन नसक्दा राजनीति अस्थिर बन्न पुग्छ। अस्थिरताले स्वच्छ राजनीति गर्न चाहनेलाई निरुत्साहित बनाउँछ भने गलत तत्व मौलाउने मैदान तयार हुन्छ। आवधिक निर्वाचनले ताजा जनादेश प्राप्त गर्न सघाउने हुनाले राजनीतिप्रति जनताका गुनासा पनि न्यून हुन्छन्।

संविधान संशोधन गर्ने कबुल गरेर मन्त्री भएको होइनः खड्का

नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले आफू संविधान संशोधन गर्न सघाउने कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारेका छन्।

संविधान कार्यान्वयन अहिलेको आवश्यकताः नवनियुक्त मन्त्री सिंह

नवनियुक्त खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दा पनि कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन्।

संविधान संशोधन पारित गर्न पुग्दैन अावश्यक मत

पहाडी भूभागबाट तराईमधेस अलग्याउने उद्देश्यसहित पुष्पकमल दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।

संविधान संशोधनमार्फत् हाम्रा पूरा गर: वैश्य समुदाय

राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ।  देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधनमार्फत् आफ्ना माग पूरा गराउन दबाब दिएका हुन्।

संविधान संशोधन र स्थानीय निर्वाचन सरकारको प्राथमिकता: अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन र स्थानीय निकायको निर्वाचन वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। जिल्लाको हरिचौरमा १५ वर्षपछि पुनर्स्थापना भएको नेपाल बैंक शाखा कार्यालयको उद्‍घाटन गर्दै महराले अधिकतम सहमतीमा संविधान संशोधन गरिने बताए।

संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुन्छ: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन्। खोटाङको दिक्तेल नगरपालिका–१० मेवाखोला दोभानमा शुक्रबार १ मेगावाट क्षमताको मेवाखोला हाईड्रोपावर उद्‍घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले संशोधन विधेयकका कतिपय दफाहरु राष्ट्रिय हित अनूकुल नभएका कारण परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन्।

परिमार्जनसहित संविधान संशाेधन विधेयक पारित गराउने सत्ता साझेदार दलकाे निर्णय

रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेकाे सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएकाे छ।

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनःओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन्। झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा मंगलबार शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए।

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प: डा. भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

मन्त्री लेखकले भने– 'संविधान संशोधन गरेर निकास दिउँ'

भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले संविधान संशोधन गरेर देशलाई निकास दिन आग्रह गरेका छन् ।

संविधान कार्यान्वयनका लागि निर्वाचन प्रमुख कार्य :महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्। उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताए ।

संविधान संशोधनको विपक्षमा कांग्रेस नेता गुरुङ

नेपाली काँग्रेसका नेता तथा सांसद धनराज गुरुङले यथास्थितिमा संविधान संशोधन गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्। सोमबार रिपोर्टस क्बलले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले भने, ‘म संशोधन विधेयकको पक्षमा छैन, सर्वस्वीकार्यको नाममा संविधान संशोधन गर्ने कुरा अहिले संभव छैन, दलहरुवीच अधिकतम सहमति गरेरमात्रै संशोधन गर्नुपर्छ।’

विपक्षीको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल

प्रमुख प्रतिपक्ष सहित विपक्षी दलको अवरोधकाबीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक संसदमा टेबल गरेको छ। कानुन मन्त्री अजय शंकरले नायकले विपक्षीको विरोधकाबीच संशोधन प्रस्ताव टेबल गरेका हुन्। मन्त्री नायकले संशोधन प्रस्ताव टेबल गर्दा विपक्षी दलले आफ्नो सिटबाट उठेर नाराबाजी गरेका थिए।

परिमार्जनसहित संविधान संशोधन निकासको सुत्रः भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजनीतिक विवाद समाधानको सुत्र परिमार्जनसहित संविधान संशोधन भएको बताएका छन्। मधेसी, आदिवासीको माग समेटेर संविधानमा आवश्यक संशोधन भए मात्र संविधान कार्यानवयनको बाटो खुल्ने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्