४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

कर्णालीको हिमाली जिल्ला मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोरु गाउँपालिका–८, पातिहाल्नास्थित सिपबाट जिल्ला सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ग३च ११६८ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–७ का ३० वर्षीया गिरकला बुढाको मृत्यु भएको हो।

ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना

ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ। मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

ताइवान रेल दुर्घटना: ५० जनाको मृत्यु

ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन्। उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन्।

बस दुर्घटनामा मृत्यु भएकाको सनाखत

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए। घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दाङमा यात्रुबाहक बस दुर्घटनाः दुईको मृत्यु, दुई दर्जन बढी घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।

ताइवानको पूर्वी क्षेत्रमा रेल दुर्घटना, ३६ यात्रीको मृत्यु

ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ। ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन्।

ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ। प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो।

वालिङ–चापाकोट सडक खण्डमा बस दुर्घटना ८ जना घाइते

वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

दुर्घटना टर्ने विश्वासमा सेतीदेवीलाई ऐना

‘सेतीदेवीलाई खुसी पार्दा यात्रा सफलता र दुर्घटना टर्ने विश्वास छ, त्यही विश्वासमा सेतीदेवीलाई सिँगारका सामान चढाउँदा ऐना चढाइएको हो,’ उनले भने, ‘हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्। सेतीदेवीका नाममा उक्त मन्दिरमा बा२ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना राखेको र त्यहिबाट ऐना राख्ने थालनी भएको सुनकोसी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष दाहाल बताउँछन्। उनका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ।

पेरूमा इन्धन बोकेकाे ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ।

दुर्घटनारहित होली पर्वका लागि काठमाडौं ट्राफिकको कडाइ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथरको फाल्गुनन्द गाँउपालीका–५ सुलफि भन्ने ठाँउमा जिप दुर्घटना हुदाँ एक यात्रुको मृत्यु भएको छ। यासोकबाट दमकतर्फ गईरहेको जिप कच्ची सडकमा ब्रे फेल भई पल्टीदा इलामको फाकफोकथुम–७ एकतप्पाका २२ बर्षिय पदम लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन्। मङ्गलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ।

गति कम गर्न अटेर गरेपछि विद्यार्थी बोकेको बस दुर्घटना

घाईते विद्यार्थीका अनुसार ति चालकले दिनहुँ बस यसैगरि तिब्र गतीमा हाँक्दै आएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्