१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गति कम गर्न अटेर गरेपछि विद्यार्थी बोकेको बस दुर्घटना

गति कम गर्न पटक पटक दिईएको सुझाव चालकले अटेर गर्दा तुलसीपुरमा स्कुल बस दुर्घटना भएको छ । विद्यार्थी बोकेको उक्त बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने २८ विद्यार्थी घाईते भएका छन् । तुलसीपुर पब्लिक ज्ञान ज्योती माध्यामिक विद्यालयको रा १ क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका १५ सरैया भन्ने स्थानमा दुर्घटना हुँदा उक्त विद्यालयमा ११ कक्षामा अध्ययनरत १८ विर्षीया सम्झना केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । केसीको घटनास्थलमै मृत्यु भएको हो ।  

यसैगरी दुर्घटनामा परि घाईते २८ मध्य १० जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईते १० विद्यार्थीलाई उपचारका लागि कोहलपुर रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी शिबबहादुर सिंहले जानकारी दिए । अन्य सामान्य घाईते १८ जना भने तुलसीपुरका विभिन्न अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।  

डिएसपी सिंहका अनुसार मंगलबार बिहान विद्यार्थी लिनका लागि उक्त बस गाउँ पुगेको थियो । विद्यार्थी लिएर विद्यालय तर्फ फर्कने क्रममा मंगलबार बिहान ६ बजेतिर बस सरैया भन्ने स्थानमा पल्टिएको हो । उनका अनुसार बस तीव्र गतिका कारण दुर्घटना भएको हो । ‘दुर्घटना भएको स्थानमा सडक पक्की छ, घुम्ती वा सडक अप्ठेरो पनि छैन ,’ डिएसपी सिंहले भने ‘बिहान खाली भएको सडकमा चालकले तीव्र गतिमा हाँकेपछि अनियन्त्रीत भएर पल्टिएको देखिन्छ ।’ घाइते विद्यार्थीका अनुसार ति चालकले दिनहुँ बस यसैगरी तीव्र गतिमा हाँक्दै आएका थिए ।  

उनिहरुले विद्यालयमा तीव्र गतिमा बस हाँकेको र दुर्घटनामो जोखिम रहेको भन्दै जानकारी समेत गराएका थिए । ‘बस धेरै स्पिडमा चल्थ्यो, हाम्ले ड्राइृभरलाई सुस्त हाँक्न भनिरहन्थ्यौँ, तर मान्दैन थिए,’एक बिद्यार्थीले भनिन् ‘पछि हामीले स्कुलमा पनि कम्प्लेन गरेका थियौँ ।’  

प्रकाशित: १० चैत्र २०७७ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App