coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

कर्णालीको हिमाली जिल्ला मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सोरु गाउँपालिका–८, पातिहाल्नास्थित सिपबाट जिल्ला सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ग३च ११६८ नम्बरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–७ का ३० वर्षीया गिरकला बुढाको मृत्यु भएको हो।

२१ वर्षीय गोविन्द विष्ट, २५ वर्षीय ललितजंग बुढा, २८ वर्षीय दलबहादुर बुढा, २६ वर्षीय रत्नबहादुर विष्ट, छायाँनाथ रारा नगरपालिकाका ४८ वर्षीय कुलबहादुर मल्ल र ४८ वर्षीया राजकली मल्ल घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भिमदत्त जोशीले जनाए। घाइतेहरु मध्ये ललितजंगको अवस्था गम्भीर भएको अरुलाई सामान्य चोटपटक लागेको उनको भनाइ छ। घाइतेहरुको शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ। जिप एक्कासि सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो।

प्रकाशित: २१ चैत्र २०७७ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App