२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बलपूर्वक विधेयक पारित गरेकाे विराेधमा नेविसंघकाे प्रदर्शन, नेता कार्यकर्ता पक्राउ

सरकारले संसदबाट बलपूर्वक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेकाे विराेधमा नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडाैंका विभिन्न स्थानमा विराेध प्रदर्शन थालेकाे छ।

सहयोगमा जुट्दै पराजित नेता

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवार रहेका नरेन्द्र साह कलवार यतिखेर सोही क्षेत्रभित्रका विभिन्न स्थानमा विकास निर्माण र सहयोग प्रदान कार्यमा जुटिरहेका छन्। आइतबार पनि उनी दुई विद्यालय तथा एक कुम्भ यज्ञमा सहयोग गर्दै गरेको अवस्थामा भेटिए।

यसपटक पनि समयमै नपाउने भए डोल्पाका विद्यार्थीले पाठ्यपुस्तक

विगतमा जस्तै आउने शैक्षिक सत्रमा पनि हिमाली जिल्ला डोल्पाका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने देखिएको छ। कहिले पाठ्यपुस्तक खरिद गर्ने जिम्मेवारी पाएका एजेन्ट त कहिले जनक शिक्षा सामग्री केन्द्रकै लापरबाहीका कारण डोल्पाली विद्यार्थीले कक्षा सुरु भएको लामो समय भइसक्दा पनि किताब नपाउने नियति यसपटक पनि दोहोरिने देखिएको हो।

गरिब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने

नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ। स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो।

निजी मेडिकल कलेजको ‘दादागिरी’

सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सिफारिस गरेबमोजिम एमबिबिएसको शुल्क निर्धारण गरेको थियो। तर निजी मेडिकल कलेजले मन्त्रिपरिषद्को निर्णय अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरिरहेका छन्।

हजुरआमाको भत्ताको भरमा नातिनातिना

‘बा जेल गएपछि भात खान पाएका छैनौं, आटो मात्र खाएर बाँच्नुपरेको छ,’ आफ्नै विद्यार्थी नौ वर्षीया अलिना परियारले दुखेसो पोखेको सुनाउँदै रोल्पा नगरपालिकास्थित मावि कोटगाउँकी शिक्षिका उपासना मल्लले सुनाइन्, ‘भात खान मन लागेको छ नि, तर के गर्नु, घरमा छैन। गएको दसैंतिहारमा पनि भात खान पाएनाैँ।’ शिक्षिका मल्लले पढाउने विद्यालयमा अलिना र उनका दुई दाजु हाम्रै स्कुलमा पढ्छन् तर खानेकुराकै जोहो गर्न नसकिरहेका उनीहरूले अत्यावश्यक शैक्षिक सामग्री पनि जुटाउन सकेका छैनन्। आर्थिक अभावले गाँजेपछि अलिनाकी १४ वर्षीया दिदी भने विद्यालय छाडेर इँटाभट्टामा काम गर्न गएको मल्लले बताइन्।

नयाँ विद्यालय भवन बनेपछि विद्यार्थी खुसी

जिल्लाको दुर्गम गाउँ दोरम्बा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका दुई विद्यालयका लागि सुविधासम्पन्न भवन बनेका छन्। नवनिर्मित उक्त दुई भवन बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलले उद्घाटन गर्दै सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन्।

विद्यार्थीद्वारा खेल सामग्री हस्तान्तरण

राजधानीस्थित धुम्वाराहीमा रहेको नेशनल कलेजका विद्यार्थीले गैह्रीधारामा नेपाल अटिजम केयर सोसाइटीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। तेस्रो वर्षमा अध्यनरत विद्यार्थीले प्रोजेक्ट म्यान्जमेन्ट बिषयको क्रियाकलाप अन्तर्गत ‘गेमिंग फर च्यारिटी’ विषयक लुडो, बिङ्गो र उनो खेल कलेजमै आयोजना गरेर त्यसवाफत उठेको रकमबाट उक्त सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो।

विद्यार्थीलाई न्यानो कपडा वितरण

गण्डकी प्रदेशका सांसद राजीव पहारीले आफ्नो तलब भत्त्ताको रकम न्यानो कपडामा सहयोग गरेका छन्। सांंसद पहारीले सोमबार एक समारोहका बीच पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) का दुई वटा बिद्यालयका ६० जना बिद्यार्थीको लागि न्यानो कपडा वितरण गरेका हुन्।

पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीद्वारा तोडफोड

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आइतबार भएको भौतिक शास्त्र स्नातकोत्तर विषयको आंशिकतर्फका परीक्षार्थीहरु पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएको भन्दै परीक्षा बहिष्कार गरेका छन्।

अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य

सखुवानन्कारकट्टी गाउँपालिका–२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन्। अभिलेखअनुसार कक्षा ११ मा २५ र कक्षा १२ मा २२ जना विद्यार्थी छन्। तर, कक्षामा पढाइ हुँदैन्।

विपन्न विद्यार्थीलाई ट्रयाकसुट

हेल्प चेपाङ फाउन्डेसनले बाराको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित शिवशक्तेश्वर आधारभूत विद्यालयका ५० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ।

१२ पास नगर्नेलाई सेवासुविधा रोक्का

रोल्पाको सुनिल स्मृति गाउँपालिकाले महत्वाकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले १२ कक्षा उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको हो।

खाली खुट्टामै विद्यालय धाउने चेपाङ विद्यार्थीले पाए जुत्ता

जहिले खाली खुट्टामै विद्यालय आउने गरेकी ७ वर्षीया रीता चेपाङ जुत्ता मात्र होइन, न्यानो लुगा तथा किताब राख्ने झोलासमेत पाउँदा खुसीले दंग भइन्। छेउमै रहेकी उनकी आमा सुनमायामा पनि खुसीको कुनै सीमा थिएन। न्यानो कपडा पाउने खबर पाएपछि छोरी पढ्ने विद्यालयमा बिहानैदेखि आएको सुनमायाले सुनाइन्।

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्