२६ आश्विन २०८१ शनिबार
image/svg+xml

स्कुल बस दुर्घटना १७ विद्यार्थी घाइते

कञ्चनपुरको झलारीपिपलाडी–११ कलुवापुरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १७ विद्यार्थी घाइते भएका छन् । झलारी बजारमा रहेको चन्द्रसूर्य बोर्डिङ स्कुलको म.१ ख ६०७ नं को स्कुल बस कलुवापुरमा ट्रिपरलाई साइड दिने क्रममा दुर्घटना भएको बताइएको छ ।

विद्यार्थीले बनाए आवाज चल्ने प्रविधि

सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधिको निर्माण गरेका छन्। उनीहरुले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन्। शुक्रबार उनीहरुले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका छन। घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने, मान्छेको उपस्थिति भएमात्र पंखा चल्ने र मान्छे बाहिर निस्कने बित्तीकै बन्द हुने स्मार्ट फ्यान पनि उनीहरुले बनाएर प्रस्तुत गरेका छन्। आफ्नै प्रयत्नमा अनुसन्धान गरेर ती प्रविधि बनाएको उनीहरुले बताएका छन्।

महाभियोग पास गराउन विद्यार्थी संगठनद्वारा पार्टीलाई दवाव

विद्यार्थी संगठनहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग अगाडि बढाउन माग गरेका छन्।

पर्साका ९ गाविसमा शतप्रतिशत विद्यार्थी भर्ना

पर्साको बर्वा छोटैली स्रोतकेन्द्र अन्तर्गतका ९ गाविसलाई पूर्ण साक्षर घोषणाको आधार तय भएको शनिबार यहाँ आयोजित स्रोतकेन्द्रस्तरीय शैक्षिक उत्सव कार्यक्रमका वक्ताहरुले बताएका छन्। ६ वर्षदेखिहरेक वर्ष हुँदै आएको महोत्सव क्रममा बोल्ने बक्ताहरुले यस्तो बताए।

११ विद्यार्थी संगठनद्वारा महाअभियोगको पक्षमा सडक संघर्षको घोषणा

लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन आग्रह गर्दै विभिन्न ११ राजनीतिक दलका विद्यार्थी संगठनले सडक संघर्ष थालेका छन्। उनीहरुले शुक्रबार शान्तिबाटिका नेताहरुलाई खबरदारी गर्दै एक घन्टासम्म प्रदर्शन गरेका छन्।

भवन नबन्दा विद्यार्थीमा त्रास

दुई कक्षामा पढ्ने रोजिना लामाले दुई महिनाअघि दुई साथी गुमाइन्। उनलाई साथीको सम्झनाले सताउँछ भने त्यो दुःखद घटनाले त्रर्साइरहन्छ। गत असार १८ गते ललितपुर टौखेलस्थित पुष्पाञ्जली विद्यालय पछाडिको पर्खाल भत्कँदा कक्षा २ मा अध्ययनरत दुईको मृत्यु भयो भने २४ विद्यार्थी घाइते भए।

विद्यार्थी तान्यो ल्यापटपले

विद्यालय जानै नमान्ने सिद्धि शारदा प्राथमिक विद्यालय ब्रम्हायणी भक्तपुरको कक्षा १ मा अध्ययनरत मीना बुढाथोकी हिजोआज विद्यालयबाट घर फर्कन मान्दिनन् । पहिला स्कुल जाने भनेपछि ज्वरो आउने उनी हिजोआज स्कुलमै रत्तिन थालेकी छन् ।

विद्यार्थी राजनीति कता?

विद्यार्थी एउटा गतिशील जमात हो। त्यही गतिशीलतालाई नजरअन्दाज गरेर विद्याथी राजनीतिको एकलकाटे व्याख्या नै अहिलेको समस्या हो।

हात्तीको आक्रमणमा परी स्कुले विद्यार्थीको मृत्यु

हात्तीको आक्रमणबाट गम्भीर घाइते एक स्कुले बालकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

दुई विद्यार्थी होस्टेलबाट बेपत्ता

पाँचथरको फिदिममा रहेको मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी गत चारदिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त राई रहेका छन्।

टहरामै विद्यार्थी

गोरखा नगरपालिका, फिनामस्थित सरस्वती उच्चमाविलाई पक्की भवन बनाइदिन गुड नेवर इन्टरनेसनल नेपालले सन् २०१५ डिसेम्बर १५ मा शिक्षा विभागसँग सम्झौता गर्‍यो। भूकम्पले भत्किएको भवन बन्ने आसमा विद्यालय परिवार खुसी भयो। तर, त्यो लामो समय टिकेन।

क्याम्पसमा किन सेक्स टोय लिएर पुगे विद्यार्थी?

टेक्सस— अमेरिकी सरकारले क्याम्पस भित्र बन्दुक लैजान पाउने नयाँ सरकारी कानुनको टेक्सस विश्वविद्यालयका करीब ४५ सय बिद्यार्थिलेले विरोध गरेका छन्।

विद्यालय बन्द हुँदा विद्यार्थी मारमा

सरकारी अनुदान र विभिन्न दाताले दिएको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही थालेपछि राजधानीको जोरपाटीस्थित बुद्ध आवासीय माध्यमिक विद्यालयका पनि विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ।

विद्यार्थीले तोके त्रिविमा पोसाक

न चौकीदार न त परिचयपत्र जाँच। राजधानीका तरकारी बजार र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको वातावरण खासै अन्तर थिएन। जो पनि विनाअवरोध सरासर पस्न पाउने।

८० लाख विद्यार्थीले पढ्न पाएनन्

'राजनीतिक उपस्थिति' देखाउन नेकपा माओवादी (विप्लव) निकट क्रान्तिकारी विद्यार्थी संगठनको आह्वानमा भएको शैक्षिक हडतालका कारण सोमबार देशभरका ८० लाखभन्दा बढी विद्यार्थी पठनपाठनबाट वन्चित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्