नेविसंघ २.०
नेपाल विद्यार्थी संघ १२ औँ अधिवेशनको संघारमा उभिइरहँदा यतिखेर एउटा प्रश्न परीक्षणमा छ, के नेविसंघ विद्यार्थीकै हातमा रहन्छ ? ११ औँ महाधिवेशनले विद्यार्थी नेताको उमेर हदबन्दी ३२ वर्ष तोकेको थियो। दुई वर्षभित्र अर्को निर्वाचन गराएर उक्त हदबन्दी कार्यान्वयन गरिनुपथ्र्यो। विद्यार्थी नेताहरू विद्यार्थीजस्ता भएनन् र समग्र विद्यार्थी आन्दोलन मूल ध्येयभन्दा अन्यत्र मोडियो भन्ने आम चासोलाई उक्त हदबन्दीले तोड्ने ठूलो अपेक्षा थियो।