१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभाका लागि मनोनयन दर्ता आज

राष्ट्रियसभा निर्वाचनका लागि आज (बुधवार) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदार मनोनयन दर्ता हुने भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन सक्नेछन् ।

‘मेन्टल रेडियो’लाई सर्वाधिक मनोनयन

संगीतमा लागेका व्यक्ति तथा समूहलाई हौसला प्रदान गर्ने उद्देश्यसहित वर्षेनी आयोजना हुँदै आएको २१ औं संस्करणको ‘हिट्स एफएम म्युजिक अवार्डस् २०७४’मा ‘मेन्टल रेडियो’ सांगीतिक समूह सर्वाधिक ६ विधाको मनोनयनमा परेको छ ।

उल्लासपूर्ण मनोनयन (फोटो/भिडियो)

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाबका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहीबार ५ बजेसम्म मनोनयन भएको हो।

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँशक्ति पार्टी नेपाल, विवेशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् ।

४५ जिल्लामा उत्साहपूर्ण मनोनयन दर्ता हुँदै [फोटो फिचर]

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनावमा प्रत्यक्ष प्रणालीतर्फका लागि आज ४५ जिल्ललामा मनोनयन दर्ता हुँदैछ। मंसिर २१ मा हुने दोस्रो चरण चुनावका लागि प्रत्यक्ष चुनाव लड्न इच्छुक उम्मेदवारले आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय रहेको छ। यस चुनावबाट दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि छानिनेछन् । जसमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ प्रतिनिधि छनोट हुनेछन् ।

दोस्रो चरण निर्वाचनको मनोनयन दर्ता आज

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनावमा प्रत्यक्ष प्रणालीतर्फका लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावका लागि प्रत्यक्ष चुनाव लड्न इच्छुक उम्मेदवारले बिहीबार उम्मेदवारी दर्ता गराउनेछन् । यस चुनावबाट दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि छानिनेछन् । यसमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ प्रतिनिधि छनोट हुनेछन् ।

निर्वाचन तयारी पूरा, मनोनयन दर्तामा सहभागी हुन आयोगको अपिल

निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भोलि कात्तिक १६ गते बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।

माओवादीले मनोनयन दर्ता पछि मन्त्रीहरु फिर्ता बोलाउने संकेत

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनाव पनि सम्पन्न गराउन सरकारमा बसेको उनको भनाई छ।

समयमा नपुग्दा मनोनयन फिर्ता भएन

निर्धारित समयमा नपुग्दा खोटाङमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले मनोनयन फिर्ता गर्न पाएनन् । निर्वाचनमा कांग्रेसलाई सघाउने केन्द्रीय सहमतिअनुसार मनोनयन फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट वञ्चित भएका हुन् ।

मनोनयन फिर्ता गर्न निर्धारित समयमा नपुग्दा...

निर्धारित समयमा नपुग्दा खोटाङमा राप्रपा प्रजातान्त्रिकका उम्मेद्वारले मनोनयन फिर्ता गर्न पाएनन्। निर्वाचनमा काँग्रेसलाई सघाउने केन्द्रीय सहमतीअनुसार मनोनयन फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिककातर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट बञ्चित भएका हुन्।

तालमेलले उम्मेदवारी मनोनयन तनावपूर्ण

बाम गठबन्धनले केन्द्रीयस्तरमा चुनावी तालमेल गरेर सिट बाँडफाँड गरे पनि स्थानीयस्तरमा त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । यसले गर्दा कतिपय जिल्लामा पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता तनावपूर्ण बन्यो ।

पशुपति शम्सेरको मनोनयन दर्ता गराउन सिन्धुपाल्चोक पुगिन् रेखा थापा

वाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन्। ढिलोगरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए।

काँग्रेस तथा वाम गठबन्धनद्वारा मनोनयन दर्ता

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले मनोनयन दर्ता गराएका छन् । भव्य जुलुसका साथ मनोनयन दर्ताका लागि आएका दलका नेताहरूले आ–आफ्नो समयमा आएर मनोनयन दर्ता गराएका हुन् ।

जुम्लामा उल्लासमय मनोनयन दर्ता

मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा मनोनयन दर्ता उल्लासय तरिकारले सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वामगठवन्धन, नेपाली काँग्रेस र नेकिपाले मनोनय दर्ता गराएका हुन । वाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र बहादुर महतले प्रतिनिधी सभाको निर्वाचनको लागि उम्मेदवार दर्ता गराएका हुन । यस्तै माओवादीका नरेश भण्डारीले क्षेत्र नम्बर (क ) र नेकपा एमालेका पदम रोकायाले (ख) क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्