१० मंसिर २०८१ सोमबार
image/svg+xml

साइत हेराएर मनोनयन दर्ता

मंसिर १० गते पहिलो चरणमा हुने संघीय संसद अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभाका लागि जाजरकोटमा  नेपाली काँग्रेसका उम्मेदवारहरूले  साइत हेराएर उम्मेदवारी दर्ता गराएका छन् ।  ज्योतिषीको सल्लाह अनुसार उनीहरूले   आइतबार  बिहान १० बजेर ५५ मिनेटको  समयमा  आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरु

पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको छ।

मनोनयन दर्ताका लागि समय बाँडफाँड

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङमा दलहरुलाई समय बाँढिएको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आईतबार हुने मनोनयन दर्ताका लागि मूख्या निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा बसेको सर्वदलीय बैठकले दलका लागि मनोनयन गर्ने समय विभाजन गरेको हो ।

‘अवार्डको मनोनयनमा पर्नु नै उपलब्धि’

नेपाली खेलकुदको वहुप्रतीक्षित पल्सर स्पोर्टस अवार्ड सोमबार काठमाडौंमा हुँदा विभिन्न आठ विधामा खेलकर्मी सम्मानित हुनेछन् । लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष पुरस्कार र उत्कृष्ट पारा खेलाडीबाहेक पाँच विधा (पुरुष, महिला, युवा, प्रशिक्षक र जनताको रोजाइ) मा अवार्डका लागि मनोनयनमा परेका पाँच÷पाँच जनाले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

मनोनयन दर्ता उल्लासमय

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि बुधबार उल्लासपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्तालाई ‘उत्सव’ का रुपमा लिइयो। विभिन्न दलका उम्मेदवारले बाजागाजा र नाचगानसहित उम्मेदवारी मनोनयन गराएका छन् । मतदान असोज २ गते हुनेछ।

प्रदेश नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण

स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ। निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ।

रौतहटमा मनोनयन दर्ता सुरु

तेश्रो चरणको स्थानीय तहको निर्वाचनको लागि रौतहटमा उत्साह पुर्वक मनोनयन दर्ता सुरु भएको छ । असोज २ गते हुन गइरहेको स्थानीय तह तेश्रो चरणको निर्वाचनका लागि बुधबार बिहानै देखि १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा स्थानीय तहको उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर धमाधम मनोनयन दर्ता गराइरहेका छन्।

मनोनयनमा फुटबलको वर्चस्व

फुटबलबाट पाँच खेलकर्मी समावेश गर्दै आइतबार पल्सर स्पोटर््स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी आइतबार चार विधामा मनोनयन सार्वजनिक गर्दा फुटबलका महिला राष्ट्रिय टोलीकी सावित्रा भण्डारी, पुरुष राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ, गोलकिपर किरणकुमार लिम्बु, जापानी प्रशिक्षक ग्याटुको कोजी र रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी परेका छन् ।

मनोनयनअघि चुनाव प्रचार गरे कारबाही

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनमा प्रचारप्रसार गर्ने विद्यार्थी नेतामाथि कारबाही गर्ने भएको छ। संगठनको आचारसंहितामा सम्मेलनको तयारी बिनाप्रचार प्रसार गर्ने व्यवस्था रहेको छ। आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार गरेमा सम्मेलन प्रतिनिधि खारेज गर्ने व्यवस्था आयोजक समितिले गरेको छ।

तीज अवार्डको मनोनयन सार्वजनिक

तीजको बेला गुञ्जिने तीज गीत र त्यसका स्रष्टाको सम्मान गर्न राजधानीमा आयोजना गर्न लागिएको चौथो संस्करणको 'तीज म्युजिक अवार्ड २०७४' को मनोनयन सार्वजनिक भएको छ। २५ विधामा प्रदान गरिने अवार्डमा 'उत्कृष्ट तीज गीत गायिका' विधामा 'अहिलेको तीज'बाट सिन्धु मल्ल, 'आमाले पकाको दर'बाट सहिमा श्रेष्ठ,  'माइतमा' मीना निरौला, 'मीठो बोली' बाट स्वरूपा रसाइली र 'युकेको साडी'बाट टीका पुन मनोनयनमा परेका छन्।

जिससमा एमालेको मात्र मनोनयन

यही साउन २७ गते हुने जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता भएको छ।

डि सिने अवार्ड : मनोनयनमा पुरानोकै वर्चस्व

नेपालमा हरेक वर्ष आयोजना हुने फिल्म अवार्डमा भिडन्त गर्दै आएका कलाकार तथा प्राविधिक नै 'डि सिने अवार्ड' को नवौं संस्करणमा पनि  हातमिसामिस गर्ने भएका छन्। शनिबार आयोजक छायाँछवि क्रिएसनले हेटौंडामा सार्वजनिक गरेको मनोनयनमा एकाधबाहेक पुरानै कलाकार र प्राविधिकको वर्चस्व देखिएको छ।

मनोनयनमा ‘छक्का पञ्जा’ को वर्चस्व

घरेलु बजारमा कीर्तिमानी कमाएको ‘छक्का पञ्जा’ एनएफडिसी राष्ट्रिय अवार्डको मनोनयनमा पनि अगाडि देखिएको छ । बिहीबार राजधानीमा सार्वजनिक मनोनयनमा यो फिल्म सर्वाधिक १८ विधामा मनोनयनमा परेको छ ।

जुलुस र बाजागाजासहित मनोनयन दर्ता

खरिपाटीस्थित चाँगुनारायण नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय मंगलबार बिहान १० बजे सुनसानजस्तै थियो। कार्यालयमा बाहिर म्यादी प्रहरी सुरक्षामा तैनाथ थिए। कार्यालयभित्र उम्मेदवारी मनोनयन दर्ताका लागि कर्मचारी तयारी अवस्थामा थिए। दिउँसो एक बजेसम्म उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू कार्यालयमा पुगेका थिएनन्।

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका जोशीको मनोनयन दर्ता

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा मनोनयद दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्