रसुवा – यही साउन २७ गते हुने जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका तर्फबाट जिसस प्रमुखमा कुलप्रसाद भट्ट एवम् उपप्रमुखमा छोपेमा तामाङ तथा एक अल्पसंख्यक, तीन महिलासहित नौ जनाको मनोन्वयनपत्र दर्ता भएको हो। जिल्लामा पाँच गाउँपालिका भएकाले गाउँपालिका प्रमुख र उपप्रमुखमा १० मतदाता छन् । रासस
प्रकाशित: २२ श्रावण २०७४ ०९:४४ आइतबार