२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन्।

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा शुक्रबारदेखि दुईदिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्स सुरु भएको छ।

बजेट अभावले तयारीमा समस्या

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलका पूर्वाधार अझै तयार भइसकेका छैनन्। पूर्वाधार छन्, व्यवस्थित छैनन्। व्यवस्थित बनाउन बजेट छैन। फास्ट ट्य्राकबाट काम गरे पनि टुंग्याउन समय अभाव हुने सम्भावना छ। बजेट कहिले आउँछ टुंगो छैन। बजेटले नै पूर्वाधार निर्माण अड्किएको छ।

जिल्ला खेलकुद विकास समितिमा खातीको दावी

कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले उम्मेदवारी दिने भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर काम गरिसकेका खातीले समितिको अध्यक्षमा दावी गरेका हुन्।

१ अर्ब ८६ करोडका ९७ योजना सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी ०७६÷०७७ का महŒवाकांक्षी खेलकुद भौतिक पूर्वाधार तथा योजना सार्वजनिक गरेको छ।

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने : खेलकुदमन्त्री

सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्।

चिनियाँ टोलीको भ्रमण सर्‍यो

नेपाली खेलकुदको निर्माणाधीन संरचना निरीक्षण गर्न आउन लागेको चीन सरकारको एक अनुगमन टोलीको भ्रमण कार्यक्रम सरेको छ। चीन सरकारको सहयोगमा नेपाली खेलकुदमा निर्माणाधीन संरचनाको निरीक्षण गर्नका लागि नेपाल आउन लागेको चिनियाँ टोलीको भ्रमण पाँच दिन पछि सरेको हो। यसअघि उक्त टोली शनिबार नेपाल आउन कार्यक्रम थियो। तर, चिनियाँ टोलीले भ्रमण कार्यक्रम परिवर्तन ग¥यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले पुष्टि गर्दै चिनियाँ टोली केही दिन पछि आउन लागेको बताए।

अन्तर्राष्ट्रिय निर्णायकबिनाको नेपाली बक्सिङ

नेपालको बक्सिङ टोली पछिल्ला समयमा आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि दुई टोलीमा रहेर नेपालमै र थाइल्यान्डमा प्रशिक्षण गरिरहेका छन्।

इटालीको खेलकुद ऐनमा आपत्ति

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले इटालीमा हालै प्रस्तावित नयाँ खेलकुद ऐनमा आपत्ति जनाउँदै टोकियो ओलम्पिक २०२० मा इटाली ओलम्पिक कमिटी (सिओएनआई)लाई प्रतियोगितामा सहभागी नगराउने चेतावनी दिएको छ।

अझै अन्योल, तयारी सुस्त

नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुदको १३औं संस्करण मंसिरको तेस्रो सातादेखि नेपालमै हुँदै छ। तेस्रो पटक घरेलु मैदानमा साग हुँदा आठौं संस्करणमा नेपालले सुखद नतिजा ल्याएको इतिहास अभैm ताजै छ। करिब दुई दशकपछि सोही सागको १३औं संस्करण फर्किन लागे पनि नेपालको तयारी खासै प्रभावकारी बन्न सकिरहेको छैन। भौतिक संरचना निर्माणमा ढिलाइ, समयमै कार्यविधि पास नहुनु र सागका लागि गठन भएका समिति सुस्त बस्नुले नेपाली खेलाडीको तयारीमा असर पर्न सक्नेछ। जसका कारण नेपाली खेलाडीमा खेल हुनेमा मनोवैज्ञानिक असर परिरहेको छ।

एन्फा र गोनपाबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।

पोखरामा ह्यान्डबल, एउटै कोर्टमा पालैपालो प्रशिक्षण

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरामा महिला तथा पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरिएको छ। पोखरा रंगशालामा रहेको एउटै ह्यान्डबल कोर्टमा पुरुष र महिला खेलाडीले पालैपालो प्रशिक्षण सुरु गरेका छन्। कोर्ट अभावले पुरुष टिमको प्रशिक्षण सकिएपछि महिला टिमको प्रशिक्षण सुरु गर्ने गरेका छन्।

सागका लागि संसद्को उपसमिति

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी सम्बन्धमा १३औं साग अनुगमन उपसमिति गठन गरेको छ।

आठौं खेलकुदमा अनियमितताको आरोप, सार्वजनिक भएन खर्च विवरण

नेपालले घरेलु मैदानमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने तयारी गरिरहेको छ। साग आयोजना गर्न राखेपले विभिन्न १७ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाँको बजेट माग गरेको छ। सरकारी ढुकटीबाट अर्बांै रकम खर्च गर्ने राखेपले आयोजना गर्ने प्रतियोगितामा भने पारदर्शिता देखिन्न। प्रतियोगितामा खर्च गरेको बजेट सार्वजनिक गर्न राखेप कन्जुस्याइँ गर्छ।

बास्केटबल टोली धरानतर्फ

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ। पुरुष टोलीमा सुजन लिम्बु, विजय बुर्जा, मनीष केसी, राजीव जोशी, सदीश प्रधान, विनोद श्रेष्ठ, विक्रम जोशी, मविन्द्र भण्डारी, मनीषराज राजोपाध्याय, मनोज केसी, सागर विक, रविन खत्री, विनोद महर्जन, आयुष सिंह, सिद्धार्थ महर्जन, अजय कुशवाह, रामकृष्ण घताने, सौरभ श्रेष्ठ, दिवेश श्रेष्ठ, विमलजंग कार्की, प्रसङ्ग मास्के, कवीन्द्र प्रधान, निकेश मगर, नीरव चन्द, जिमन पुर्जा, माधवप्रसाद निरौला, रोहित बराल र विक्रम डंगोल छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्