१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन्।

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले उनकै सम्मानमा आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘खेलकुद अनेकतामा एकता ल्याउने माध्यम हो। हिजोका दिनमा एउटा संघ हुँदा हुँदै अर्को संघ दर्ता गरेर किन विवादको बिउ रोपियो। मलाई थाहा भएन। तर यो कुरा राम्रो होइन। यो समस्यको समाधान गर्न आवश्यक छ।’

सदस्य–सचिव सिलवालले आठौं सागमा नेपालले तेक्वान्दोमा हासिल गरे उपलब्धी पछिका दिनमा किन खस्किँदै गयो त्यसको समीक्षा गर्ने बेला आएको बताउँदै कमजोरी पत्ता लगाएर विगतको भन्दा राम्रो परिणाम ल्याउने अवस्थाको सिर्जना गर्न आवश्यक रहेको बताए।

आयोजक संघका अध्यक्ष केशव पुरीले सदस्य–सचिव सिलवालले शिक्षा क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको बताउदै अब खेलकुदमा पनि त्यसैगरी राम्रो छाप छाड्न सफलता मिलोस् भनि शुभकामना दिए।

प्रकाशित: ३२ श्रावण २०७६ १५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App