२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दैछः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्।

ग्रान्ड स्लाम लक्ष्य

बुबा पुरुषोत्तम हालसम्म प्रेरणाको वैदेशिक प्रशिक्षणका लागि व्यक्तिगत १ करोड २५ लाख रुपियाँ खर्च गरिसकेको दाबी गर्छन्। आफ्नो क्षमता यहाँभन्दा माथि नरहेको बताउने उनी सहयोगी हातको अपेक्षामा छन्।

१३औं सागका लागि बक्सिङ छनोट सम्पन्न

१३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि मंगलबार बक्सिङमा १६ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो।

आर्चरीका लागि मैदानको चिन्ता

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आर्चरीको कम्पाउन्ड र रिकर्भ दुवै इभेन्टमा गरी १६ खेलाडी छनोट गरिएको छ।

जुम्ला रारा म्याराथनः धीरबहादुर र राममायालाई उपाधि

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा म्याराथनमा पुरुषतर्फ जुम्लाका धिरबहादुर बुढा र महिलातर्फ राममाया बुढा प्रथम भएका छन्। धिरबहादुर बुढाले ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा ४९ किलोमिटर दुरी पार गरेर प्रथम भए। राममाया बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्ड लगाएर प्रथम भएकी हुन्।

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनमा सहभागी खेलाडी, पाँच किलोमिटर, एक किलोमिटर दौड र खेलाडीको प्रोत्साहनका लागि दौडेर साथ दिएका गरि ४ सय जनाले म्याराथनमा सहभागी जनाएका थिए।

दुई पटक राजनीतिको सिकार हुँदा पनि उत्साहित

सन् २०१० मा बंगलादेशमा हुने ११औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेकी चञ्चला दनुवार महिला एकल कातातर्पmबाट तीन महिनादेखि राष्ट्रिय टोलीमा प्रशिक्षणरत थिइन् ।

१३ औं सागको लोगो मनास्लुको चुचुरोमा पुर्‍याइने

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित ब्यानर ‘किलर माउन्टेन’ का नामले परिचित मानास्लु हिमालको चुचुरोमा पु¥याइने भएको छ।

१३औं सागका लागि जुडोका १८ खेलाडी छनोट

आगामी मंसिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल जुडो संघले विभिन्न सात तौल समूहबाट अन्तिम १८ खेलाडीको छनोट गरेको छ ।

पोखरामा सुटिङ रेन्ज बनाइने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको छ।

आइतबारबाट नेपालले क्रिकेटको अभ्यास थाल्ने

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत क्रिकेट खेलका लागि नेपालले आइतबारबाट अभ्यास गर्ने भएको छ। मङ्सिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले तयारी थाल्ने भएको हो। बिहीबार प्रारम्भिक चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएसँगै नेपालले सागलाई लक्षित गर्दै तयारी गर्न लागेको हो।

‘खेलकुद क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ’

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफाबार छलफल सुरु गरेको छ।

टुँडिखेलको तल्लो भागमा पहिरो

जिल्लाकै ठूलो खेलमैदान सदरमुकामस्थित ठूलो टुँडिखेलको तल्लो भाग वर्षाको पानीले भत्किएपछि खेलकुद प्रतियोगता आयोजना गर्न समस्या भएको छ।

इटहरीमा नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन हुने

खेलकुद महासंघको तत्वावधान तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नवौं पुष्पलाल स्मृित राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्