१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागि खेलाडी: धनबहादुर /नागरिक

जुम्ला - कर्णालीमै दोस्रो पटक आयोजना गरिएको जुम्ला रारा अल्ट्रा म्याराथन शुरु भएको छ। आइतबार बिहान ७ बजे कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको अगाडिदेखि म्याराथन शुरु भएको हो।  कर्णालीमा खेल पर्यटनको विकास गर्न जुम्ला रारा अल्ट्रा म्याराथन एक माध्यम बन्ने आयोजक कर्णाली खेलकुद क्लब जुम्लाले जनाएको छ।

म्याराथनमा नेपालका भोजपुर, बुटवल,पोखरा, गोरखा, काठमाण्डौँ, भक्तपुर र पूर्वी रुकुमबाट खेलाडी सहभागी छन्। त्रिभुवन आर्मीक्लवका खेलाडी पनि म्याराथनमा सहभागी छन्।  यसैगरी भारत, अमेरीका र बेलायतका खेलाडी पनि जुम्ला रारा अल्ट्रा म्याराथनमा भागि लिन जुम्ला पुगेका हुन्। उनीहरु पनि म्याराथनमा सहभागी छन्।

कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनमा सहभागी खेलाडी, पाँच किलोमिटर, एक किलोमिटर दौड र खेलाडीको प्रोत्साहनका लागि दौडेर साथ दिएका गरि ४ सय जनाले म्याराथनमा सहभागी जनाएका थिए। जसमध्ये ६३ जना खेलाडी रारातालको किनार सम्म पुग्नेछन्।   पाँच किलोमिटरमा ५६ जना सहभागि थिए। एक किलोमिटरमा २० थिए। पाँच किलोमिटर र एक किलोमिटर दौड बालबालिकाका लागि आयोजना गरिएको हो।  

बिहान जुम्ला म्याराथनमय बनेको थियो। महिला र पुरूष दुई समूहमा एक किलोमिटर, पाँच किलोमिटर र ४९ किलोमिटर गरी तीन विधामा प्रतियोगिता भएको एथ्लेटिक्स विश्वकिर्तिमानी धावक हरी बहादुर रोकायाले जानकारी दिए।  उनले भने,‘यो म्याराथनले संसारका खेलाडीको ध्यान जुम्ला केन्द्रित गर्न मद्धत मिल्ने छ। ’ राथन कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट सुरु भएर टुँडिखेल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउरिगाड, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुने गरि रुट निर्धारण गरिएको छ।

जुम्ला रारा म्याराथनमा पहिलो, द्धितीय,तृतीय हुने महिला तीन र पुरुष तीन जना धावकले यहि अक्टोबरमा अन्नपूर्णमा पहिलो पटक हुन लागेको गोल्डेन वल्र्ड ट्रेल सिरिजमा सहभागि हुन पाउने धावक रोकाया बताउँछन्। अन्नपुर्ण गोल्डेन वल्र्ड ट्रेल सेरिजको क्वालीफाई रेसका रुपमा जुम्ला रारा म्याराथनलाई लिइएको छ। 

यो म्याराथनमा प्रथम हुने महिला र पुरुष धावकलाई यसै वर्ष फिलिपिन्समा हुने पनिसर फिफ्टी माइल्स मा निशुल्क प्रवेश गराउन सकिने कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाही बताउँछन्। उनले भने,‘यो म्याराथन खेलपर्यटनका लागि मात्रै नभई खेलाडीको बृद्धि बिकासमा समेत उत्तिकै महत्वपुर्ण छ। खेलाडीको भाग्य रेखा कोर्ने कडिका रुपमा हेरिएको छ।’

म्याराथन शुरु हुनु पुर्ब आयोजकले खेलाडीलाई रुट, मौसम, वातावरण, उचाइ का बारेमा सहजीकरण गरेको थियो।  रारा पुग्दा सम्म बीचबाटोमा तीन ठाँउमा हल्का खाजाको व्यवस्था गरिएको छ। यो रुटमा भाग लिएका खेलाडीको दुर्घटना बिमा समेत गरिएको छ। दुर्घटना भईहालेमा प्रति खेलाडी तीन लाख रुपैयाँ दुर्घटना बिमा पाउने छन् ।  जुम्ला रारा अल्ट्रा म्याराथन देशका पाँच ठूला प्रतियोगितामध्ये एक हो।

  प्रतियोगितामा क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७५ हजार, ५० हजार  र ३० हजार रुपैयाँ प्रदान गरिने छ।  उत्कृष्ट १० स्थान हासिल गर्ने खेलाडीलाई पाँच हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र उपलव्ध गराइने आयोजकले जनाएको छ।यो म्याराथनमा  विश्व साइकल यात्री पुस्कर शाह सहभागि छन्। उनले भविष्यमा जुम्लादेखि रारासम्म साइक्ललिङ गरेर यो ठाउँलाई चिनाउन सकिने प्रतिक्रिया दिए। विश्वमा साहसिक पर्यटनको महत्व बढ्दै गएको छ। नेपाल एक उच्च सम्भावना बाकेको देश हो। यसबाट नेपालले पनि लाभ लिने योजना बनाउनुपर्छ, उनले भने।’

एक किलोमिटर दौडमा केटा तर्फ नारायण रावत प्रथम,लक्ष्मण जिसी द्धितीय र नरेश बुढा तृतीय भए। केटी तर्फ निरु रावत प्रथम,मञ्जिता ऐडी द्धितीय र अस्मी भण्डारी तृतीय भए।  पाँच किलोमिटर दौडमा केटा तर्फ नारायण कुमार कुशवाह,द्धितीय बिकास बुढा र तृतीय कबीन्द्र बुढा भएका छन्। केटी तर्फ हिमाली शाही प्रथम,निशा पाण्डे द्धितीय र यन्जम लामा तृतीय भएका हुन् । पाँच किलोमिटर र एक किलोमिटर दौडमा सहभागि खेलाडीलाई पुरस्कार बितरण गरिसकिएको छ।

प्रकाशित: २९ भाद्र २०७६ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App