१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आइतबारबाट नेपालले क्रिकेटको अभ्यास थाल्ने

काठमाडौं – नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत क्रिकेट खेलका लागि नेपालले आइतबारबाट अभ्यास गर्ने भएको छ। मङ्सिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले तयारी थाल्ने भएको हो।  बिहीबार प्रारम्भिक चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएसँगै नेपालले सागलाई लक्षित गर्दै तयारी गर्न लागेको हो।

नेपालका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडी बोलाएको हो। सिंगापुरमा गत महिना सम्पन्न एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत ट्वान्टी–२० विश्वकप छनोटपछि प्रशिक्षक उमेश पटवाल नेपालबाहिर रहेका थिए। पटवाल नेपाल फर्किएपछि नेपालले अभ्यास थाल्नेछ। उक्त प्रतियोगितामा नेपाल रनरेटको आधारमा तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुन असफल रहेको थियो।

३५ सदस्यीय टोलीमा युवा खेलाडीहरूले स्थान बनाउन सफल भएका छन्। रित गौतम, नन्दन यादव, किशोर महतो, सागर ढकाल, कुशल मल्ल, आसिफ शेख, ईशान पाण्डे, ललित भण्डारीले टोलीमा  स्थान बनाएका छन्। रितले एसिसी यु–१९ इस्टर्न प्रतियोगितामा सिंगापुरविरुद्ध शतक बनाएका थिए। यस्तै २ वर्षअघि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सौरभ खनालले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्।

दक्षिण एसियाली खेलकुदअघि नेपालले ओमानमा ५ देश सहभागी ट्वान्टी–२० सिरिज खेल्ने तालिका रहेको छ। सिरिज अक्टोबर ५ देखि १० सम्म आयोजना हँुदै छ। सिरिजमा आयोजक ओमानसहित, नेपाल, हङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सले सहभागिता जनाउँदै छन्।

प्रकाशित: १३ भाद्र २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App