२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेन्सिङ टोली जापान जाँदै

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई लक्षित गर्दै नेपाली फेन्सिङ टोली थाइल्यान्डको बैंकक जाँदै छ। त्यहाँ रहँदा टोलीले एक प्रतियोगिता खेल्नेछ र त्यसपछि प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ।

साफका खेलमा टिकेटिङ गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) मा केही खेलमा टिकेटिङ गर्नुपर्ने बताएका छन्। उनले पोखरामा बिहीबार विभिन्न समितिका संयोजकसँगको छलफलमा केही खेलमा टिकटको व्यवस्था गरेर सम्बन्धित खेल पूर्वाधारमै खर्च गर्ने गरी उठाउनुपर्ने स्पष्ट पारे।

ह्यान्डबल टोली छनोटमा विवाद

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला ह्यान्डबल टोलीको छनोटमा विवाद सिर्जना भएको छ।

पोखरामा पर्वतीय क्रस कन्ट्री दौड, सशस्त्र प्रहरी च्याम्पियन

खेलकुदको माध्यमबाट चिनियाँ पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।

महिला भलिबल टोलीको बिदाइ

१३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि नेपाली महिला भलिबल टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्दै छ। मंगलबार नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरी अभ्यास गर्न जाने १८ खेलाडीसहित ४ पदाधिकारीलाई बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल तथा नेपाल भलिबल संघका पदाधिकारीले बिदाइ गरे।

बक्सिङ टोली प्रशिक्षणका लागि पोखरामा

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी तीव्र भइरहँदा दोस्रो आयोजनास्थलको रूपमा रहेको पोखरामा चार खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त छन्।

खेलकुदमन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नति भइरहेका भौतिक पूर्वाधारको सोमबार निरीक्षण गरेका छन्।

करातेमा प्रशिक्षण विवाद

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपाली राष्ट्रिय कराते टोलीको प्रशिक्षणका क्रममा सोमबार विवाद भएको छ। राष्ट्रिय खेलकुद परिषद्् (राखेप) द्वारा नियुक्त गरिएका प्रशिक्षकले सोमबार प्रशिक्षण गर्ने तयारी गरिरहँदा नेपाल कराते महासंघका सदस्यद्वय ध्वजमान मोक्तान र रवि महर्जनले अवरोध पु¥याउन खोजेपछि विवाद सिर्जना भएको आरोप लागेको छ।

बक्सिङ खेलाडीको बिदाइ

मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी विशेष प्रशिक्षणका लागि आइतबार पोखरा गएको

अध्यक्ष कप खुला फुटबल हुने

बुधबारबाट बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता हुने भएको छ।

१३औं दक्षिण एसियाली खेलकुद : सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

प्याराग्लाइडिङका २७ खेलाडी नियमित प्रशिक्षणमा छन्। नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ छनोट भइसकेका छैनन् र उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तारतम्य पनि छैन।

१३औं दक्षिण एसियाली खेलकुद, सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

प्याराग्लाइडिङका २७ खेलाडी नियमित प्रशिक्षणमा छन्। नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ छनोट भइसकेका छैनन्। उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तारताम्य नै छैन।

धरानमा खेलग्राम निर्माणको तयारी

प्रदेश १ को खेलकुद हब बनाउने लक्ष्य लिएर खेलकुद ग्रामसहित धरानको समग्र खेल संरचनाहरूको एकीकृतरुपमा डिपिआर बनाउने काम सुरु भएको छ।

टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबल टेनिस खेलाडीको अन्तिम छनोट पूरा भएको छ। पुरुष÷महिला दुवैमा समान ५ खेलाडी छनोट भएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन्।

आर्थिक अनुशासनमा रहन निर्देशन

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्