१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पोखरामा पर्वतीय क्रस कन्ट्री दौड, सशस्त्र प्रहरी च्याम्पियन

पोखरा - खेलकुदको माध्यमबाट चिनियाँ पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।

२२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ (डुंगा) गर्दै ४२.२ किलोमिटरको दूरी तय गर्ने क्रममा चिनियाँ टोलीलाई पछि पार्दै सशस्त्र प्रहरी टोलीले ४ घण्टा १७ मिनेट २२ सेकेन्डको समय लगायो। सशस्त्र प्रहरी बलको टोली सदस्यमा सन्तोषविक्रम विष्ट, गणेश खत्री र इन्द्रकला नेम्बाङ थिए।

उनीहरूलाई पछ्याएको गोरिल्ला टे«ल टोलीले भने एक मिनेट एक सेकेन्डले पछि पर्दै उपविजेतामा चित्त बुझायो। गोरिल्ला टे«लले ४ घण्टा १८ मिनेट २३ सेकेन्डको समय लगाएको थियो। बाराहीचोकस्थित खेलमैदानबाट सुरु भई १३४१ सय मिटरको उचाइको मट्टिखान रिसोर्ट पुगेर फेवातालको किनार बाराहीचोकस्थित खेलमैदानमै आएर दौड टुंगिएको थियो। गोरिल्ला टोलीमा दुर्गाराज बुढा, रसिला तामाङ र दामोदर बुढामगर थिए। उनीहरू पोखरामा बर्सेनि आयोजना हुने पोखरा ट्र्ेल रेस सिरिजमा सहभागिता जनाउँदै आएका छन्।

दौडको तेस्रो स्थानमा भने पाहुना टोली चीनको काइनेटिक टोली आइपुग्यो। आगन्तुक टोलीले ४ घण्टा २४ मिनेट ३३ सेकेन्डको समय निकाल्यो। टोलीमा चेन इझेन, पाङ उई झु र लाई यु जुन  थिए। चिनियाँ टोलीका खेलाडी एकल प्रतिस्पर्धामा समेत उत्रिएका थिए। एकल प्रतिस्पर्धामा हाङ जीले ३ घण्टा ३९ मिनेट २७ सेकेन्डको समय लगाए। दोस्रो स्थानमा हाङसियान फाईले ३ घण्टा ५० मिनेट र तेस्रो स्थानमा हाउ उवान वेनले ४ घण्टा १ मिनेटको समय लगाएका थिए। चीनबाट २६ सदस्यीय टोली दौडका लागि आइपुगेको थियो। ३ टोली र अन्य भने व्यक्तिगत प्रतिस्पर्धामा थिए। ६६ जना नेपाली खेलाडीहरू (२२ टोली) सहभागी थिए।

पोखरा र चिनियाँ सहर कुनमिङबीच भगिनी सम्बन्ध छ। भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउने अभियानमा माउन्टेनरिङ एक्सप्लोरेसन एसोसिएसन कुनमिङ (चीन) को सहयोगमा पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र जिल्ला खेलकुद विकास समितिले संयुक्त रूपमा पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड आयोजना गरेका थिए। दौडको मुख्य उद्देश्य पोखरालाई साहसिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यसहित चिनियाँ पर्यटक प्रवद्र्धन गर्ने अभियानले आयोजना गरिएको प्रतियोगिताका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले सुनाए।

एउटा समूहमा ३ एक महिला र दुई पुरुष खेलाडी समावेश थिए। माउन्टेनरिङ एसोसिएसनका विज्ञहरूले झन्डै दुई वर्षको अध्ययनपछि पोखरामा क्रस कन्ट्री दौड आयोजना गरिएको पालिखेले बताए। बाराहीघाटबाट सुरु भएको दौड ड्यामसाइड हँुदै तिब्बतियन क्याम्पबाट फुस्रे खोलामा पुगेपछि साइक्लिङ सुरु भएको थियो। साइक्लिङ त्यहाँबाट केमेरे, राम्दी, मट्टीखान रिसोर्ट हुँदै रामकोट पुगेको थियो। त्यसपछि उल्लेरी, खरिखानी, भयरथान, पैयु चौतारी, भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, लिचिबोट हँुदै लिचिबोटबाट डुंगामा लिएर स्विमिङपुल घाटमा आइपुगेको थियो। स्विमिङपुल घाटबाट पुनः दौडेर बाराही घाटमा टुंगिने रुट तय गरिएको थियो। दौडको नारा भने ‘रन फर लभ’ थियो। ‘पोखराको चिनियाँ पर्यटन प्रवद्र्धन गर्नका लागि हाम्रो पहिलो प्रयास हो’,  पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पालिखेले भने, ‘पोखराको पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगिता कोसेढुंगा साबित हुने विश्वस्त छाैं।’

विजेता नेपाली समूहले कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिता जनाउन पाउनेछ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ। सन २०२१ मा पूरा गर्ने लक्ष्य छ। नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको छ। गण्डकी प्रदेश सरकार पनि २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटक भिœयाउने महत्वाकांक्षी योजनामा छ। ‘पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृतिको विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भिœयाउन हामीले यो मेघा इभेन्ट आयोजना ग-यौं,’ उनको भनाइ थियो।

प्रकाशित: ३० आश्विन २०७६ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App