१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बक्सिङ खेलाडीको बिदाइ

काठमाडौं – मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी विशेष प्रशिक्षणका लागि आइतबार पोखरा गएको छ।

विशेष प्रशिक्षणमा सहभागिता जनाउने खेलाडी तथा प्रशिक्षकको आइतबार राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे। विशेष प्रशिक्षणमा गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, बक्सिङ संघका अध्यक्ष राम अवाले तथा संघका पदाधिकारीहरूले पोखरा जाने टोलीको बिदाइ गरे।

पोखरामा नेपाली टोलीलाई उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव, नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण दिनेछन्। यस्तै वरिष्ठ प्रशिक्षक प्रवीन तुलाधर, प्रशिक्षक डम्बरदत्त भट्ट, सहायक प्रशिक्षक किशोर लिम्बु र दीपक महर्जन पोखरा जानेछन्।

दीपक हाल जुनियर बक्सिङ टोली प्रशिक्षणमा नेपालबाहिर छन्। नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने खेलाडीमा महिलातर्फ ललिता महर्जन ४८ केजी, माला राई ५१ केजी, मिनु गुरुङ ५४ केजी, चन्द्रकला थापा ५७ केजी, संगीता सुनुवार ६० केजी र पुनम रावल ६४ केजी छन्। पुरुषतर्फ सुशील थापामगर ४९ केजी, तेजबहादुर देउवा ५२ केजी, पुरण राई ५६ केजी, सनिल शाही ६० केजी, भूपेन्द्र थापा ६४ केजी, विकास लामा ६९ केजी, दीपक श्रेष्ठ ७९ केजी, मनोहर बस्नेत (म्याक्स) ८१ केजी, अर्जुन सिगु ९१ केजी र आशिष दुवाडी ९१ केजी  छन्।

प्रकाशित: २७ आश्विन २०७६ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App