१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फेन्सिङ टोली जापान जाँदै

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई लक्षित गर्दै नेपाली फेन्सिङ टोली थाइल्यान्डको बैंकक जाँदै छ। त्यहाँ रहँदा टोलीले एक प्रतियोगिता खेल्नेछ र त्यसपछि प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ।

नेपाली खेलाडीले नोभेम्बर १ देखि ३ तारिखसम्म हुने चुलालङ्कन युनिभर्सिटी ओपन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ। खेलाडीहरूमा ओमकार, दीपेन्द्र विष्ट, सागर थापा, जलिन्द्रबहादुर शाही, राजनराज खड्का, ज्ञानेन्द्र तिमिल्सिना, अमित भण्डारी, राजेन्द्र गजुरेल, पायास योञ्जन, गोमा आचार्य, अन्जु तामाङ, अनिता अधिकारी, रमा सिंह, कमला श्रेष्ठ, अस्मिता श्रेष्ठ, शिक्षा नापित, रविना थापा, इन्दिरा पौडेल, जानुका स्याङ्तान, अनिता कार्की, राजेन्द्र श्रेष्ठ, राकेश महर्जन, दिनेश पाण्डे र सीता पाठक रहेका छन्। प्रशिक्षण नोभेम्बर ५ देखि २० तारिखसम्म चल्नेछ।

प्रशिक्षकमा अभिषेक कार्की, सन्जिप लामा र जंग गिरी तथा टिम व्यवस्थापकमा अनुप कपाली छन्। खेलाडीमध्ये जलिन्द्र र इन्दिराले प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। दुवै हाल वल्र्ड मिलिटरी गेम्सका लागि चीनमा छन्। प्रशिक्षणमा भने उनीहरू सहभागी हुनेछन्। खेलाडीमा सागर, ज्ञानेन्द्र र राजेन्द्र, प्रशिक्षक जंग तथा व्यवस्थापक कपाली अक्टोबर ३० तारिखमा जानेछन् भने बाँकी अक्टोबर २९ मा जाँदै छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले सागमा व्यक्तितर्फ स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे। त्यस्तै टिममा स्वर्णलाई २ लाख, रजतलाई १ लाख र कांस्यलाई ४० हजार दिने प्रतिबद्धता जनाए।
 

प्रकाशित: ९ कार्तिक २०७६ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App