२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सागको तयारी अझै अपूर्ण, खेल सामाग्री पनि बाटोमै

घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना नजिकिँदै गर्दा पनि आयोजक नेपाल आफ्नो सम्पूर्ण तयारी पूरा भएको सन्देश दिन असफल भएको छ।

थाई र कोरियन खेलाडी उपाधिनजिक

थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०१९ को महिला एकलमा उपाधि नजिक पगेका छन्।

साहसिक खेलकुद हब बन्दै धरान

खेलको रूपमा विकास भएकाले साइक्लिङमा युवा र युवती दुवैको क्रेज छ। राष्ट्रिय प्रतियोगितामा धरानका युवा खेलाडीहरूले पुरस्कार पनि जित्दै आएका छन्। अझ अहिले सागको तयारीमा रहेको नेपालको राष्ट्रिय टोलीमा धरानबाट ४ युवती क्लोज क्याम्पमा छन्।

‘सागको अन्योलता अन्त्य भएको छ’

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को अन्योलता अन्त्य भएको नेपाली खेलकुदका सरोकारवाला निकायले जनाएका छन्। भौतिक पूर्वाधार र तयारीका विषयमा प्रश्न उठिरहेका बेला युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारीले एक स्वरमा साग भव्य रूपमा निर्धारित समयमा सम्पन्न हुने प्रतिबद्धता जनाए।

साहसिक खेलकुद हब बन्दै धरान

स्वास्थ्यका लागि भन्दै धरानमा साइक्लिङ गर्नेको जमात बढेको धेरै अघिदेखि नै हो। स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु भएको साइक्लिङ अभियानले बिस्तारै खेलकुदको रूप लियो। धरानका युवाहरूले विभिन्न साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुन थालेको नै झन्डै ७ वर्ष भयो। त्यस बेला खेलाडीका रूपमा आंैलामा गन्न सकिने मात्र युवा थिए। अधिकांश स्वास्थ्य र रमाइलोका लागि साइक्लिङ गर्थे।

नेपाली टोलीलाई ६ पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपाली तेक्वान्दो खेलाडीले चीनको सिहान सहरमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एक रजत र पाँच कांस्यसहित कुल ६ पदक जितेका छन्।

मिति तलमाथि हुँदैन : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने बताएका छन्।

सागका लागि महिला टोली घोषणा

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्व गर्ने महिला फुटबल टोलीको घोषणा गरिएको छ। आगामी मंसिर १५ नेपालमा आयोजन हुने सागका लागि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो। नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको नामावली सार्वजनिक गरेका हुन्।

निर्धारित मितिमै साग हुने निश्चित

नेपालमा मंसिरको तेस्रो सातादेखि तय १३औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना निर्धारित मितिमै हुने भएको छ। यसअघि दुई पटक मिति सरेको १३औं सागको आयोजना आगामी मंसिर १५ देखि २४ गतेका लागि तय भए पनि यस पटक पनि मिति सर्न सक्ने आकलन गरिएको थियो। यद्यपि, शनिबार नेपालमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकपश्चात् आयोजक नेपालले पूर्वनिर्धारित समयमै १३औं आयोजना हुने प्रस्ट्याएको छ।

सागको मिति तलमाथि हुँदैन, पूर्वाधारको कुनै समस्या छैनः खेलकुद मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने बताएका छन्।

पर्याप्त समय गुजारेर हतारमा तयारी

सन् २०१६ मा भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) समापनको अवसरमा नेपालले १३औं संस्करणको आयोजकको रूपमा झन्डा बोकेको थियो।

नेपाली जुडो टोली वैदेशिक प्रशिक्षणमा

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि नेपाली जुडो टोली जापान र मंगोलिया जाने भएको छ।

साग प्रशिक्षणलाई टेटे टोली थाइल्यान्ड जाने

नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा सहभागी हुने नेपाली टेबलटेनिस टोली वैदेशिक प्रशिक्षणलाई सोमबार थाइल्यान्ड प्रस्थान गर्दै छ।

कराते टोली मलेसिया जाने

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दै छ। २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जानेछ।

सागका खेलमा टिकेटिङ गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलुकद(साग) का केही खेलमा टिकेटिङ गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्