पोखरा - सन् २०१६ मा भारतको गुवाहटी र सिलोङमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) समापनको अवसरमा नेपालले १३औं संस्करणको आयोजकको रूपमा झन्डा बोकेको थियो।
भूकम्पले क्षति पुगेको खेलकुदको संरचना हुँदाहुँदै तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलसहितको टोलीले १३औं साग आयोजना नेपालले गर्ने दाबीसहित झन्डा बोकेका थिए। त्यससँगै २० वर्षपछि नेपालमा साग फर्किन आशाका कारण नेपाली खेलकर्मी निकै उत्साहित भए पनि चुनौती अथाहा नै थियो। अन्तत् नेपालका साग आयोजना गर्नु सच्चै नै चुनौतीपूर्ण नै बन्यो।
नेपालले सन् २०१८ मै १३औं संस्करण आयोजना गर्ने बाचा गरे पनि पूर्वाधार अभाव भन्दै तिथि सारेर सन् २०१९ मार्चमा सा¥यो। तर, आगामी मंसिर १५ देखि २४ गते (डिसेम्बर १–१०) सम्मको तयारी थालेको छ। त्यसबीच तीन पटक सागको मिति सारेको थियो। नेपालले अन्तिम समय तयारीमा तीव्रता गर्दै झारो टार्ने तरिकाले १३औं साग आयोजना गर्ने पक्का छ।
तथापी अझै पनि तोकिएको समयमा हुनेमा खेल पदाधिकारीले आशंका गरिरहेका छन्। काठमाडौं र पोखरामा हुने भनिएको सागका लागि पूर्वाधार बनाउने काम चलिरहे पनि प्रतियोगिताको दिन नजिकिँदै जाँदा भौतिक अवस्था पूर्णरूपमा नबन्ने पक्का जस्तै छ। पूर्वाधारको अवस्था हेर्दा अझै पनि खेल तोकिएको मितिमै हुनेमा खेल पदाधिकारी सशङ्कित छन्। खेल उच्च निकायले तोकिएकै समयमा प्रतियोगिता गर्ने दाबी गरिरहँदा अहिलेको कच्चा तयारीले अभैm पनि निर्धारित समय हुनेमा खेल क्षेत्रका पदाधिकारी नै आशंकामा रुमल्लिएका छन्।
‘अहिलेको पूर्वाधारको हिसाबले अझै पनि समयमै हुनेमा आशंका गर्ने ठाउँ छ,’खेल संघका एक पदाधिकारी भन्छन्,‘बाहिरबाट झट्ट हेर्दा पूर्वाधार बनाउने काम तीव्र देखिन्छ। तर, अबको केही साताभित्र काम सक्न मुस्किल छ। कमजोर संरचनामै जबरजस्ती खेलाए मात्रै तोकिएको समयमा होला, नत्र अभैm पनि साग हुनेमा हामी ढुक्क छैनौं।’ ती पदाधिकारीका अनुसार पोखरामा बनिरहेका पूर्वाधार अबको केही साताभित्र सक्न मुस्किल छ।
केही खेल उद्घाटन अघि नै पोखरामा गर्ने तयारी हुँदा झनै समस्या रहेको ती खेलकर्मीको भनाई छ। पोखरामा सागका ९ खेल खेलाउने तयारी भए पनि तीमध्ये प्याराग्लाडिङको प्रतिस्पर्धा द्धिविधामा छ। महिला फुटबल, बिच भलिबल, ब्याडमिन्टन, आर्चरी, महिला क्रिकेट, ह्याण्डबल, भारोत्तोलन र ट्रायथोलनको प्रतिस्पर्धा पोखरामा हुनेछ। त्यही अनुसार यी सबै खेलका लागि आवश्यक पूर्वाधार बनाउन थालिएको थियो। तर, साग खेल पोखरामा खेलाउने भन्ने दुईवर्ष अघि नै निश्चित भइसक्दा पनि पूर्वाधार निर्माणमा बेवास्ता हुँदा अहिले हतारमा काम गर्नुपरेको अर्काे खेल संघका एकजना अध्यक्षले बताए।
‘बेलैमा पूर्वाधार बनाएको भए हतारमा काम गर्नुपर्ने अवस्था आउँदैनथ्यो,’ ती अध्यक्षले भने, ‘समय घर्केपछिको हतारो गर्नुभन्दा पहिल्यै तयारी गरेको भए उत्तम हुन्थ्यो।’ समय हुन्जेल कानमा तेल हालेर बसेको परिणाम अहिले देखिएको ती अध्यक्षले बताए। ‘दुईवर्ष अघि नै सागका केही खेल पोखरामा हुँदैछन् भन्ने सबैलाई थाहा थियो,’ ती अध्यक्षले भने, ‘फुर्सदको समय गुजारेर समय घर्केपछि बल्ल हतारहतार काम गर्ने संस्कारका कारण यो अवस्था आएको हो।’
गत फागुन २६ गते पोखरा रंगशालाभित्र फुटबल मैदान निर्माण शिलान्यास गरियो। शिलान्यासको ६ महिनाभित्रै निर्माण सक्ने दाबी राखेपका तत्कालिन सदस्यसचिव केशव बिष्ट र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए। तर, निर्माण थालिएको आठमहिना बितिसक्दा काम अभैm अधुरो छ। साथै खेल मैदानसमेत खेल्नयोग्य बनिसकेको छैनन्।
प्यारापिटको काम अझै टुंगो छैन र मैदानमा दुबो हाल्ने काम बाँकी छ। मैदान तयार हुन अभैm केही समय लाग्ने ठेकेदार बताउँछन्। मैदान पूर्ण नहुँदै खेल खेलाउनुपर्ने बाध्यता छ। महिला फुटबलको लागि मैदान तयार गरिने लक्ष्यसहित बाहिरबाट हेर्दा धमाधम काम भएकै छ। तर पनि प्रतियोगिताको तिथि नजिकिँदै जाँदा फुटबल मैदान तयारी हुने अवस्था छैन।
पोखरामा सागका खेल हुने घोषणा दुईवर्ष अघि नै भएको थियो। पोखरामा खेल हुने घोषणा गर्दा पुर्वाधार अपुग छ भन्ने थाहा पनि थियो, तर बेलैमा ध्यान दिइएन। त्यसले गर्दा काम अपूर्ण बनेको छ। प्रतियोगिता हुने मात्र नभई प्रशिक्षण गर्ने मैदान पनि अपूर्ण छ। हेम्जाको गौरीशंकर खेल मैदान र लामाचौरको गोस्ते खेल मैदानलाई फुटबलको प्रशिक्षणस्थल बनाउने गरी निर्माण थालिएको हो। तर, ती प्रशिक्षणस्थलमा चेन्जिङ र शौचालय निर्माणले पूर्णता पाउन सकेको छैन।
त्यसैले महिला फुटबल प्रतियोगिता गर्न सहज हुने सम्भावना देखिँदैन। ‘मैदानमा दुबो पूर्णरूपमा सेट नहुँदै खेलाउनुपर्ने बाध्यताले मर्मत सम्भारमा बढी ध्यानदिनुपर्ने देखिन्छ,’ राखेपका बोर्ड सदस्य राजेश गुरुङ भन्छन्। पोखरा रंगशालाभित्रै आर्चरी खेलसमेत आयोजना गरिनेछ। मंसिर १५ देखि २४ गतेसम्म विभिन्न समयमा खेल सञ्चालन गरिनेछ। आर्चरीको प्रतियोगितास्थल तयार गरिँदै छ। र्आचरीमा कम्पाउन्ड र रिकर्भ गरी दुई इभेन्टमा महिला तथा पुरुष एकल र मिक्सतर्फ प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितास्थल निर्माणमा ध्यान केन्द्रीत गरे पनि तयारीका लागि प्रशिक्षणस्थलको अभाव खड्किरहेको छ। सागको मिति नजिकिँदै गए पनि प्रशिक्षण स्थल बनाउन ढिलाई गरिएको छ। ‘चेन्जिङ रुम निर्माण गर्दैछौं। ग्राउन्डको लेभल गरिसक्यौं,’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन भन्छन्,‘क्रिकेट मैदानभन्दा माथिको जग्गामा प्रशिक्षणस्थल बनाउने हो। केही दिनमा काम सुरु गर्छौं।’
ह्यान्डबलको लागि पनि आवश्यक पूर्वाधार तयार भइसकेको छैन। ह्यान्डबल रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिनेछ। तर, हलमा सिट, साउन्ड सिस्टम र म्याट राख्ने योजनामै छ। झन्डै वर्षदिन अघि नै त्यसको लागि ५ करोड रुपैयाँ बजेटको माग भए पनि निकासा भएको छैन। म्याट नहँुदा प्रशिक्षणरत खेलाडीहरू घाइतेसमेत भए। त्यसतर्पm राखेप र ह्यान्डबल संघ गम्भीर बन्न सकेन। थोत्रो म्याट राखेरै भए पनि प्रशिक्षण भइरहेको छ।
बजारमा प्रतिस्पर्धा गर्ने खेल हो, ट्रायथोलन। ट्रायथोलनमा हुने पौडी फेवातालमा र बजार क्षेत्रमा दौड र साईक्लिङ गरिनेछ। दौड र साइक्लिङ गर्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुनुपर्छ। गत चैतमा आयोजना गरिएको एसियन ट्रायथोलन च्याम्पियनसिपमा खेलाडीलाई सवारी साधनले ठक्कर दिएको घटना अझै ताजै छ। त्यही घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा गर्नुपर्छ। साइक्लिङको लागि रोड(बाटो) सहज हुनुपर्छ।
तर पोखराको सडक खाल्डाखुल्डी छन्। जसले दुर्घटनासमेत निम्त्याउन सक्छ। पोखरा महानगरपालिका त्यसतर्पm गम्भीर बन्न नसकेको गुनासो व्यापक छ। ‘हामीले ट्रायथोलनकै भेन्युमा पूर्वाधार बनाउने योजनामा थियौं। तर तालको किनार बसुन्धरा पार्कमा बनाउने भनेर टिप्पणी उठाइएको रहेछ,’ ट्रायथोलन संघ कास्कीका अध्यक्ष सुमन देवकोटा भन्छन,‘पोखरा महानगरपालिकाले पार्कमा स्थायी पूर्वाधार बनाउन दिँदैन, त्यसले जटिलता थपिने देखिन्छ।’ परिषद्ले पोखरा महानगरपालिका–२२ पुम्दीमा ट्रायथोलन भेन्युको रूपमा जग्गा छुट्याई संरक्षणको लागि २५ लाख रुपैयाँको लगानीमा ग्याभिन समेत गरेको छ।
पोखरामा सागका ९ खेल खेलाउने तयारी भए पनि तीमध्ये प्याराग्लाडिङको प्रतिस्पर्धा द्धिविधामा छ। महिला फुटबल, बिच भलिबल, ब्याडमिन्टन, आर्चरी, महिला क्रिकेट, ह्याण्डबल, भारोत्तोलन र ट्रायथोलनको प्रतिस्पर्धा पोखरामा हुनेछ। त्यही अनुसार यी सबै खेलका लागि आवश्यक पूर्वाधार बनाउन थालिएको थियो। तर, साग खेल पोखरामा खेलाउने भन्ने दुईवर्ष अघि नै निश्चित भइसक्दा पनि पूर्वाधार निर्माणमा बेवास्ता हुँदा अहिले हतारमा काम गर्नुपरेको अर्काे खेल संघका एकजना अध्यक्षले बताए।
झनै कमजोर पुर्वाधार भारोत्तोलनको छ। पोखरा–१२ माटेपानीस्थित एसआर केसी क्याटरिङ तथा पार्टी प्यालेसमा भारोत्तोलन खेल आयोजना गर्ने निश्चित गरिएको छ।
‘भेन्यु तयारीमा लागि बल्ल समिति गठन गरेका छौं, ‘कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामी भन्छन, ‘तर, पैसा आएको छैन। प्लेटफर्म बनाउन दिएका छौं।’ रंगशालाभित्रको कभर्डहलस्थित संघको हललाई टे«ेनिङ सेन्टरलाई रूपमा प्रयोग गर्ने योजना छ।’ महिला क्रिकेटको लागि पनि पूर्वाधार ठ्याक्कै भनेजस्तो तयार छैन। कामचलाउ मैदान मात्र छ। पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको पिच पूर्णरूपमा तयार भएको छैन। चारवटा पिच तयारी गर्ने योजना छ।
पिच बनाउन र आउट फिल्ड बनाउने पैसा नहँुदा प्रभावकारीता देखिँदैन। ‘पिच र आउट फिल्डमा ध्यान दिनुपर्छ। तर त्यसको लागि संघसँग पैसा छैन। परिषदले उपलब्ध गराएको छैन,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल भन्छन्। महिला क्रिकेटको प्रतियोगितास्थल तय भए सहभागी राष्ट्रलाई प्रशिक्षणस्थल अनिवार्य उपलब्ध गराउनुपर्छ। पोखरामा प्रशिक्षणस्थल अभावकै कारण विदेशी टोली पोखरा आउन हिचकिचाउने गर्न सक्छन्।
वैकल्पिक मैदान नहुँदा क्रिकेटका प्रतियोगिता प्रभावित हुने सम्भावना छ। पोखरामा थपिएको खेल हो, बिच भलिबल। बिच भलिबलको लागि नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराही खेलमैदानमा कोर्ट तयार गरिँदै छ। फेवातालको पुरिएको भागबाट माटो निकालेर जमिन सम्याउँदै कोर्ट तयारी गरिदैं छ। नयाँ तीन र पुरानो एक गरी चार कोर्ट तयार गर्ने योजनासहित काम गरिएको छ। यद्यपि कोर्ट तयार गर्न अझै समय लाग्ने सम्भावना भने उत्तिकै छ। ब्याडमिन्टनको लागि पनि पूर्वाधार पूर्णरूपमा तयार भइसकेको छैन।
चारवटा कोर्टसहितको कभर्ड हल बनाउने काम दुईवर्ष अघिदेखि सरु गरिएको थियो। दुई वर्षभन्दा अघिदेखि काम गरे पनि पूरा भएको छैन। सागको अन्तिम तयारी भएपछि कभर्ड हललाई पूर्णता दिने काम गरिएको हो। तर, फिनिसिङ बाँकी छ। यो पनि समयमै सकिन अझै समय लाग्ने देखिन्छ। यद्यपि कास्की जिल्ला ब्याडमिन्टन संघ भने समयमै पूर्णता दिने दाबी गरिरहेको छ।
प्रशिक्षणको लागि पुरानो दुई वटा कोर्टयुक्त कभर्डहल प्रयोग गर्ने संघको योजना छ। राखेपका बोर्ड सदस्य गुरुङ पनि अन्तिम समयमा काम थाल्दा पूर्वाधार बनाउने काममा हतारो भएको बताउँछन्। उनका अनुसार फुटबल मैदान बनाउन १ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। खेलका अन्य पूर्वाधार बनाउन ८ करोड रुपैयाँ विनियोजन गरिएको पनि हो। तर, विनियोजित रकम नै नआएको उनले बताए।
‘हामीले जसोतसो पूर्वाधार बनाएर इज्जत जोगाउने प्रयास गरेका छौं। हतारका बाबजुत पनि पूर्वाधार बनेका छन््,’ गुरुङले भने, ‘खेल सुरु हुन अब धेरै दिन बाँकी नभएकोले सबै पूर्वाधार सतप्रतिशत पूरा हुँदैनन्।’ सरकारले ढिलाई गरेर तयारी थाल्दा अपुरो देखिएको उनले बताए। ‘तीनमहिना अघि मात्र हामीले काम थालेका हौं। रातदिन काम गर्दा यतिसम्म बन्यो,’ उनले भने, ‘दुई महिना बढी समय पाएको भए गज्जबसँग तयारी हुन्थ्यो।’
उनकाअनुसार रंगशाला परिसरमा निर्माणाधिन कुनै पनि पूर्वाधार प्रतियोगिता सुरु हुने बेलासम्म तयारी हुने अवस्थामा छैनन्। फुटबल मैदानको प्यारापिटको अभैm टुंगो छैन। फुटबल मैदान परिसरमा १७ वटा शौचालय, भिआइपी प्यारापिट बनाउने भनिए पनि तयारी कमजोर रछ।
‘जसोतसो बाहिरबाट लुगा लगाइदिएर लाज छोप्ने पहल गरिरहेका छौं। तर, इज्जत कतिसम्म राख्ने भन्ने सरकारले ध्यान दिनुपर्छ,’ गुरुङले भने, ‘समयमा काम सक्न सरकारले बजेट पनि दिनुपर्ने हो। तर, बजेट नै नदिने सरकारी कामले अन्योल बनाएको छ।’ सरकारले विनियोजित बजेट पनि अनेक बाहनामा नदिने गरेको उनले बताए। ‘कतिपय रोकिएका काम पनि हाम्रो व्यक्तिगत अनुरोधमा भएका छन्। तर, अब पैसा नदिने हो भने काम अघि बढाउने अवस्था नै छैन,’ उनले भने।
प्रकाशित: २१ कार्तिक २०७६ ०३:५० बिहीबार