१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाली टोलीलाई ६ पदक

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपाली तेक्वान्दो खेलाडीले चीनको सिहान सहरमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एक रजत र पाँच कांस्यसहित कुल ६ पदक जितेका छन्।

नेपालका तीन खेलाडीले सिहानमा शनिबार सम्पन्न द बेल्ट एन्ड रोड चाइना ओपन तेक्वान्दो च्याम्पियनसिपमा कुल ६ पदक जितेका हुन्। विश्व तेक्वान्दो (डब्लुटी) को जी वान खेल (वरीयता प्रतिस्पर्धा) मा नेपालका ज्ञानेन्द्र हमालले पुरुष ६३ केजीमुनि रजत पदक जितेको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए। फाइनलमा चीनका खेलाडीसँग ३२–१५ ले स्तब्ध भएपछि ज्ञानेन्द्र रजत पदकमै सीमित भएका हुन्।

उनले क्वार्टरफाइनलमा चीनका खेलाडीलाई १६–१५ ले हराउँदा सेमिफाइनलमा कोरियाका खेलाडीलाई ३०–१७ ले हराउँदै स्वर्णको प्रतिस्पर्धाको यात्रा तय गरेका हुन्। त्यस्तै नेपालका लागि काजल श्रेष्ठ, युनिसा राई, भूपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कांस्य पदक जितेको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिए।

महिलातर्फ काजलले ४६ केजीमुनि, युनिसाले ४९ केजीमुनि र पुरुषतर्पm मनोजले ५४ केजीमुनिको तौलसमूहमा पदक जितेका हुन्। महिलातर्पm निशा रावल ७३ केजीमाथिको सेमिफाइनलमा चीनका खेलाडीसँग ५–३ ले पराजित हुँदै कांस्य पदकमै खुम्चिइन्।  पुरुषतर्पm भूपेन श्रेष्ठ सेमिफाइनलमा चीनका खेलाडीसँग ५–४ ले पराजित हुँदै कांस्य पदकमै सीमित रहे।   
 

प्रकाशित: २४ कार्तिक २०७६ ०५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App