२० आश्विन २०८१ आइतबार
image/svg+xml

आयोजकका रिकेश च्याम्पियन

आयोजक काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन्।

सदस्यसचिव घिसिङ र डा.सब्रिनाबीच भेटवार्ता

त्रिपुरेश्वरस्थित राखेप सदस्यसचिवको कार्यकक्षमा यी दुईबीच भेटवार्ता भएको हो। अस्ट्रियाकी सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न उनी नेपाल आएकी हुन् र गत मे १६ मा उनले सगरमाथाको सफल आरोहण गरिसकेकी छन्।

कागेश्वरी मनोहरालाई खेलकुद नगर बनाइने

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

नवौं राष्ट्रिय खेलकुद सर्‍योः असोज २८ देखि नयाँ मिति

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको आयोजना फास्ट ट्य्राकमामार्फत गर्ने योजना बनाए पनि सम्भव नभएपछि मिति सार्नुपरेको बताएका छन्।

दुर्गामानको नयाँ राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

जिल्ला खेलकुद विकास समिति नहटाउन अन्तरिम आदेश

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तीनदिन अघि मात्रै ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन गरेको छ।

एनआरएनएले अमेरिका, इंग्ल्याण्ड, अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने

नेपाल सरकारको आयोजनामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको छ।

नवौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार गण्डकी प्रदेशमा जेठ तेस्रो साताबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पदक जित्नेलाई नगद पुरस्कार

कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

नवौं राष्ट्रिय खेलकुद तयारीः खेलाडी पठाउन निर्देशन

आगामी जेठको दोस्रो साताभित्रमा प्रदेश छनोट टुंग्याएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने गरी जिल्ला छनोट गरिसक्ने गण्डकी प्रदेश खेलकुद परिषद्ले सम्बन्धित खेल संघहरुलाई निर्देशन गरेको छ। प्रदेश खेलकुद परिषद्ले आगामी जेठन ९ गतेभित्र जिल्ला छनोट सक्नुपर्ने निर्देशन दिएको हो।

पुलिसका दुवै टोलीको जित

विभागीय टोली नेपाल पुलिस क्लबका महिला तथा पुरुष दुवै टोलीले छैटौं आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार जित निकालेका छन्।

दलको चुनावी घोषणापत्र: खेलकुदको विकास अजेण्डा मात्रै

राजनीतिक दलहरु भातृ संगठन बिस्तारमा निकै अघि छन्। सबैजसो राजनीतिक दलले आफ्ना भातृ संगठन बनाएका छन्। युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन्। नेकपा एमालेको खेलकुद महासंघ, नेपाली काँग्रेसको लोकतान्त्रिक खेलकुद तथा माओवादी केन्द्रको पनि छुट्टै संगठन छ। तर संगठन बनाई पार्टी बलियो बनाउने ध्येय बोकेका राजनीतिक दलले भने खेलकुदका अजेण्डालाई प्राथमिकतामा राख्नै सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्