२० आश्विन २०८१ आइतबार
image/svg+xml

शर्मा सम्मानित

काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ।

मनाङे भन्छन्: राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलमा नभई पर्यटनमा लाभ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गर्न बजेट प्रदेशमा बजेट आईसकेको छैन। बजेट नआउँदा जिल्ला छनोट, प्रदेश छनोटसँगै क्याम्प सञ्चालन गर्न अन्यौल बढेको छ। गण्डकी प्रदेश आयोजक हो। तर आयोजकसँग सल्लाह नै नगरेर राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले निर्णय गरेको आरोप गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले लगाएको छ।

सार्क स्वर्णविजेता पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बक्सर सनिल साही चीनमा हुने १९औं एसियन गेम्सका लागि भएको बक्सिङ छनोटमा बिहीबार पराजित भएका छन्।

नवौं खेलकुद कुनै हालतमा सर्दैनः मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजँग गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताएका छन्। मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको अन्र्तक्रिया तथा पत्रकार भेटघाटमा पत्रकार तथा खेल सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले प्रतियोगिताको तयारी सुस्त भएकौ, चुनावको रन्कोले छोएको, नवौं खेलकुदको मुखैमा कक्षा १२ को परीक्षा परेको लगायतका कारणले प्रतियोगिता नै नहुने हो कि भन्ने आशंका पैदा भएको बताएका थिए।

ट्य्राक हस्तान्तरण नहुँदा प्रशिक्षणमा समस्या

निर्माण कम्पनीले पोखरा रंगशालाभित्र निर्माण गरिएको सिन्थेटिक ट्य्राक राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई हस्तान्तरण गरिसकेको छैन। परिषद्ले कम्पनीलाई भुक्तानी बापतको रकम नदिँदासम्म परिषद्को नाममा आउन ढिलाई भएको हो।

राखेप सदस्यसचिवको सहयोग

सर्वोच्चले गत चैत २२ गते सिलवालको रिट खारेज गरेपछि सदस्यसचिव घिसिङ पुनः राखेपमा फर्केका थिए । त्यही अनुपस्थित भएको अवधिको सुविधाबापतको रकम सदस्यसचिव घिसिङले कोषलाई हस्तान्तरण गरेका हुन्।

खेलकुदको शहर खेलकुदमै टुहुरो

खेलकुदको शहर उपमा दिएपनि पोखरा खेलकुदमै टुहुरो छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहदाँ पोखरा मात्रै होईन गण्डकी प्रदेश नै प्रशिक्षक नहुँदा खेलाडी टुहुरा बनेका छन्। चार जिल्ला प्रशिक्षकविहीन छ। लमजुङमा जिल्लामा खेलकुद विकास समिति प्रशासनविहीन छ। पूर्वाधार छन् तर सिकाउने प्रशिक्षक छैनन्।

भूपेन्द्र फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

मीनु र माया सेमिफाइनलमा

अर्को क्वाटरफाइनलमा प्रदेश–१ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउँदै सेमिफाइनलमा पुगिन्। महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरिन्।

नवौं राष्ट्रिय खेलकुदः प्रतिकुल मौसम, छोटो समयसँगै हचुवाको निर्णय

आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी छ। आयोजनाको निर्णय गरिरहँदा पोखराको मौसम अनुकुल नहुने ठम्याई खेलकर्मीले गरेका छन्। इण्डोर खेल खेलाउन सकिएपनि आउटडोर खेल खेलाउन प्रतिकुल मौसमले सकस हुने खेलकर्मी बताउँछन्।

‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै’

सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य नवौं राष्ट्रिय खेलकुद नै भएको बताए। उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए।

राजनीतिक दललाई चुनाव लागेको बेलामा राष्ट्रलाई खेलकुदमय बनाउँछौँ: घिसिङ

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति लिन सकेन। खेलकुदमा उपलब्धि भन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो।

प्रिन्स र रसिलालाई उपाधि

च्याम्पियन भएका प्रिन्स दाहालले नगद १ लाख १५ हजार रूपैयाँ प्राप्त गर्दा उपविजेता बनेका नवीन श्रेष्ठले ५५ हजार रूपैयाँमा चित्त बुझाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्