१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

मीनु र माया सेमिफाइनलमा

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङको पुरुष ५७ केजीमा पुरन राई (रातो) र निसम घर्तीमगर प्रतिस्पर्धा गर्दै। तस्बिरः नागरिक

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णविजेता आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी बिहीबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा मीनु र मायाले सेमिफाइनलमा स्थान बनाएका हुन्। वसन्तपुर डबलीमा भएका प्रतिस्पर्धामा मीनुले बाग्मतीकी अस्मिता दुवाल र मायाले सुदूरपश्चिमकी सोनिया शेट्ठीलाई हराए। महिला ५७ केजीमा नेपाल पुलिस क्लबकी निशा तामाङले मधेसकी सुमिना खड्का र प्रदेश–१ की सुस्मिता राईले गण्डकीकी सीमा गुरुङलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए। महिला ६० केजीमा एपिएफकी संगीता सुनारले प्रदेश–१ की सम्झना देउलाबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगिन्।

अर्को क्वाटरफाइनलमा प्रदेश–१ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउँदै सेमिफाइनलमा पुगिन्। महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरिन्।

पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दीप नाथ तथा एपिएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउँदै सेमिफाइनलमा पुगे। पुरुष ६३ केजीमा त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारले बाग्मतीका मौसम रानामगर र लुम्बिनीका अनिल पुनमगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास रानामगरलाई पन्छाउँदै सेमिफाइनल यात्रा तय गरे। सोही तौलसमूहमा बाग्मतीका शिरीष खनाल प्रदेश–१ का अभिनय राईबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगे। पुरुष ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी र प्रदेश–१ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाए। पुरुष ८१ केजीमा बाग्मतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महतारा अन्तिम चारमा पुग्न सफल भए।

रोशनले मधेशका किरण लामा र श्यामले गण्डकीका मनीष बिसीमाथि जित निकाले। पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश–१ का प्रसिस रुचालले बाग्मतीका उमंग महर्जनलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गरे। गण्डकी प्रदेशका सौगात कुमाल र एपिएफका पुरन राई पुरुष ५७ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा सौगातले मधेस प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निसम घर्तीमगरलाई पराजित गरे।

प्रकाशित: ९ वैशाख २०७९ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App