१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

धोन्डुपको सुरुआती अग्रता

एमेच्योर गल्फर वाङचेन धोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा सुरुआती अग्रता बनाएका छन्।

वाङचेनले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत अन्तिम प्रतिस्पर्धा प्रिमियर लिग च्याम्पियनसिपमा सोमबार तीन स्ट्रोकको सुरुआती अग्रता बनाएका हुन्। वाङचेनले सोमबार सात अन्डर ६५ स्कोर गरे। उनले भुवन नगरकोटी, रवि खड्का र नीरज तामाङमाथि तीन स्ट्रोकको अग्रता बनाएका छन्।

यी तीनैले चार अन्डर ६८ सहित च्याम्पियनसिपको सुरुआत गरे। शुक्रबहादुर राईसँगै एमेच्योर गल्फर सद्भाव आचार्य र महन्दै फगामीले पनि उनीहरूलाई पछ्याइरहेका छन्। १५ वर्षे गल्फर सद्भाव, शुक्र र महेन्द्रले पनि तीन अन्डर ६९ सहित पहिलो दिनको अन्त्य गरे।

१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङ र रामे मगरले संयुक्त रूपमा दुई अन्डर ७० को स्कोर कार्ड बनाए। पशुपति शर्मा, दलबहादुर लामा, भुवनकुमार रोक्का, बलभद्र राई, पूर्णप्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ र भारतीय एमेच्योर गल्फर आरभ शाह पनि पहिलो दिन एक अन्डर ७१ मा रहे। दाजुभाइ विष्णु र सूर्यप्रसाद शर्माले इभन पार–७२ मा रहेर पहिलो दिनको अन्त्य गरे।

एमेच्योर विजय श्रेष्ठ इनहास, तीर्थ पौडेल, सन्जोक मोक्तान, राजेन्द्र श्रेष्ठ र प्रदीपकुमार लामाले एक ओभर ७३ को खराब प्रदर्शन गरे। च्याम्पियनसिपमा ४३ प्रो. गल्फर र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्दै छन्।

विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रोले एक लाख १० हजार रूपैयाँ पुरस्कार पाउनेछन्। ३६ होलपश्चात् कट नियम लागू हुनेछ र २१ प्रो. गल्फरसहित ६ एमेच्योरले दोस्रो चरणमा स्थान बनाउनेछन्। च्याम्पियनसिपका शीर्ष २१ प्रो.गल्फरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App