६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाइको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ।

गठबन्धनको बैठक: राष्ट्रपतिको कदमबारे छलफल हुने

आजको बैठकमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयबारे छलफल हुने बताइएको छ।

‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण अलपत्र

सरकारले बाँकेमा निर्माण गर्न थालेको ‘नौवस्ता औद्योगिक क्षेत्र’ को पूर्वाधार निर्माण कार्य अलपत्र परेको छ।

यस्ता छन् भदौ ३१ गते बसेको मन्त्रीपरिषदका निर्णयहरु

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु आइतबार सार्वजनिक गरेका छन्।

कांग्रेस संसदीय समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

त्यति सहजै चुनाव जित्नेवाला छैनौं, हामी को को बढारिन्छौं भन्न सकिन्नः भट्टराई

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला, तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को-को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन।’

गठबन्धनलाई जनताले भोट हाल्नै हुँदैनः देवेन्द्र दाहाल

निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उनको भनाइ थियो।

डेंगु नियन्त्रणका लागि राष्ट्रिय सभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधीहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले भनिन्, ‘देशमा एउटा रोगकै रुपमा डेंगु फैलिएको छ।

प्रतिनिधिसभाकाे बैठक सर्‍यो

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

कारागार व्यवस्थापन गर्न बजेट अभाव छः गृहमन्त्री

उनले भने, ‘कारगारमा बन्दीहरुको संख्या पनि ठूलो छ। र, भौतिक पूर्वाधार व्यवस्थापनमा एकदम चुनौती छ। कारगार व्यवस्थापनका लागि पनि राज्यले, सरकारले, हामीले पर्याप्त बजेट व्यवस्थापन गर्न पनि आवश्यक छ।’

सांसदहरुको हाजिर बायोम्याट्रिक प्रणालीमा हुनुपर्छः भीमसेनदास प्रधान

सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरुप्रति नकारात्मक समाचार बाहिर गएको बताए। उनले सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरुको सही मूल्यांकन हुनुपर्ने बताए।

केही जनप्रतिनिधिले साइबर क्राइम हुनेगरी सामाजिक सञ्जाल दुरुपयोग गरेः महेश बस्नेत

उनले काठमाडौँ महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनुपर्ने माग पनि राखे। उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए। साथै नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने धारणा राखे।

सांसद सुवालको प्रश्नः डेंगुले जनताको मृत्यु भइरहेको छ, अस्पतालमा शैया छैन्, स्वास्थ्य मन्त्रीज्यू के छ त देशको स्थिति?

'स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु।'

सांसद अधिकारीको प्रश्नः ओली नेतृत्व सरकारले गुठीको समस्या समाधान गर्न ल्याएको विधेयककाे विरोध गर्नेहरु अहिले के गर्दै हुनुहुन्छ?

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धी विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाव समेत दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्