८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धनलाई जनताले भोट हाल्नै हुँदैनः देवेन्द्र दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गरेका छन्।

निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उनको भनाइ थियो। शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेकपा (एमाले)ले भने आगामी निर्वाचनमा बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दाबी समेत गरे।

सांसद दाहालले सत्तारुढ गठबन्धनसँग मुलुक बनाउने नभइ नेताहरु व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको आरोप समेत लगाए। सांसद दाहालले सत्तारुढ गठबन्धनले मुलुकलाई फेरी अस्थिरतातर्फ लैजाने षडयन्त्र गरिरहेको उल्लेख गर्दै नेपाली जनताले उनीहरुलाई निर्वाचनमा मतदान नगर्ने बताए।

प्रकाशित: ३१ भाद्र २०७९ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App