प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको बिहीबार (आज) लागि तय भएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिए।
प्रतिनिधिसभाको बिहीबार (आज) लागि तय भएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिए।
प्रतिनिधिसभाको १६ गते बिहीबार(आज) बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। पर्यटनमन्त्रीसँग ३ जना सांसदले मौखिक प्रश्न सोध्नका लागि नाम टिपाएका थिए।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक बुधबार बिहान साढे ११ बजे बोलाइएको थियो। निर्धारित समयभन्दा केही ढिलोगरी समितिको बैठक बसेको थियो। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति भएका विषयमा तयार गरेको प्रतिवेदन उपर पुनः छलफल भएको थियो। समितिमा सदस्यको उपस्थिति पनि ठूलै थियो भने सञ्चार माध्यमहरू पनि उल्लेख्य थिए।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गरेका छन्। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो।
खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको विषय भएकोले यसको निर्माणमा कुनै कमी हुन नदिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले आयोजना सम्पन्न गर्न आफु गम्भीरताका साथ लागेको बताइन्।
संघीय संसदको शुक्रबार दिउँसो बस्न लागेको प्रतिनिधिसभा बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग प्रश्नोत्तरको कार्यतालिका रहेको छ।
प्रतिनिधिसभामा संघीय निजामती सेवासम्बन्धी विधेयकमा ८१ ओटा संशोधन दर्ता भएका छन्। बिहीबार अपराह्न ४ बजेसम्मको समयसम्म सांसदहरूले सो संख्यामा संशोधन दर्ता गरेका हुन्। अधिकांश सांसदले कर्मचारीको पदपूर्तिको विषयमा संशोधन राखेका छन् भने संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) मा खुला प्रतियोगिताबाट ल्याउनुपर्ने संशोधन प्रस्ताव पनि दर्ता भएका छन्।
प्रतिनिधिसभाकी सांसद निरुदेवी पालमाथि भएको आक्रमणबारेको अनुसन्धान प्रतिवेदन प्रहरी प्रधान कार्यालयले झिकाएको छ। उनीमाथि आक्रमण भएको आठ महिनापछि अनुसन्धान प्रतिवेदन प्रधान कार्यालयमा झिकाइएको हो।सांसद पाललाई पेस्तोल ताकेर धम्क्याइएको घटनामा अनुसन्धान कहाँ पुग्यो भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रतिवेदन तुरुन्तै प्रधान कार्यालय पठाउन परिसरलाई निर्देशन दिएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम (सञ्चालन कायविधि) नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम (४) मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै राजपत्र च्यातेकी हुन्।
प्रतिनिधिसभा सदस्य उमा रेग्मीले जिल्लामा रहेका मालपोत कार्यालयहरुमा अनलाइनद्वारा राम्रोसँग काम नहुँदा जनताहरु दुःख पाइरहेका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई अधिवेशन भए, तेस्रो अधिवेशन जारी छ। दुवै सदनको पहिलो अधिवेशन २०७४ फागुन २१ देखि चैत २० गतेसम्म भएको थियो। यसैगरी दोस्रो अधिवेशन वैशाख २३ देखि असोज ११ गतेसम्म चलेको थिए भने तेस्रो अधिवेशन पुस ११ गतेदेखि चालु छ।
प्रतिनिधिसभाको अर्थ समितिले मेलम्ची आयोजना सम्पन्न हुने संघारमा ठेकेदार कम्पनीले काम छाडेर बाहिरिनुपर्ने परिस्थितिको गम्भीर छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गर्न खानेपानी मन्त्रालयलाई निर्देशन गरेको छ।
बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने ठोस कार्यक्रम ल्याउन माग गर्दै सांसद डिला संग्रौलाले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी छिन्। माओवादीले चलाएको १० वर्षे हिंसात्मक आन्दोलनमा भन्दा सडक दुर्घटनामा बढीको ज्यान गएको उल्लेख गर्दै उनले त्यसको नियन्त्रणका लागि ठोस योजना बनाउन सरकारसँग माग गरेकी छन्।
सरकारले नेपाली किसानबाट उत्पादित तथा विदेशबाट आयात गरिएको फलफूल तथा कृषिजन्य सामग्रीमा विषादीको मात्रा निकै कम हुँदै गएको र खानयोग्य रहेको जनाएको छ। प्रतिनिधिसभा बैठकमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अघिल्ला वर्षका तुलनामा यस वर्ष धेरैजसो फलफूल तथा तरकारी खान योग्य रहेको तथ्यांक पेस गरे।