सत्यनिरूपण विधेयक आज पारित हुँदै
प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक पारित गर्ने भएको छ।
प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक पारित गर्ने भएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले प्रतिपक्षीलाई निषेध गरेर अघि बढ्न खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गगनकुमार थापाले सोमबारदेखि प्रतिपक्षी कहाँ छ भनेर सरकारलाई देखाइदिने दाबी गरेका हुन्।
प्रतिनिधिसभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ। प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि बसेको यो बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तापक्ष र प्रतिपक्ष एकठाउँमा बस्ने वातावरण नबनेसम्म बैठकको कारबाही अघि बढ्न सक्दैन भन्दै संसद् अवरुद्ध गरेको हो। दिउँसो १ बजे बोलाइएको बैठक कांग्रेसको अवरोधपछि साढे १ बजे स्थगित भएको हो।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।
संघीय संसदको प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्न लागेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको माहोल बनिरहेको अवस्थामा प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तीब्र तयारी गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका बेला सत्तापक्ष नेकपाका सांसद पनि रोस्ट्रम अघि पुगे। कांग्रेस सांसदले आफ्नो पार्टीका नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई सरकारले संघीय सरकार मातहत नराखेर खारेजीको प्रक्रिया अघि बढाएको विरोधमा बैठक चल्न नदिने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला सत्तापक्षका सांसदले शिक्षामन्त्रीलाई घेरामा राखेर रोस्ट्रममा पुर्याउन खोजेपछि तनाव बढेको थियो।
प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ। सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको सल्लाहबिना सभामुख कृष्णबहादुर महराले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सोमबार पारित गर्ने तयारी गरेका छन्।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन्। यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्।
संघीय संसदको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुले प्रश्नोत्तर गर्ने कार्यतालिका रहेको संघीय संसदको सचिवालयले जनाएको छ।
चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका डा. गोविन्द केसीका ९५ प्रतिशत भन्दा बढी माग सम्बोधन भइसकेकाले उनको अनशनको औचित्य नभएको सरकारले जिकिर गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा डा. केसीले उठाएका माग सम्बोधन गरिसकिएको बताएका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरमा सहभागी गराउने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि संसद् बैठक सञ्चालन भएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिए संसद् बैठक अवरुद्ध गर्ने कांग्रेस अडानपछि सभामुख महराले संसद्को अर्को बैठकमा उक्त कार्यक्रम राख्ने आश्वासन दिएका थिए। सो आश्वासनपछि कांग्रेसले बुधबारको बैठक अघि बढ्न दिएको हो।