४ मंसिर २०८१ मंगलबार
image/svg+xml

चिकित्सा शिक्षा विधेयक स्वास्थ्य समितिबाट पारित,कांग्रेस असहमत

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको छ। नेपाली कांग्रेसका सांसादले सात बुदे फरक राखे पनि बहुमतका आधारमा उक्त विधेयक समितिले पारित गरेको हो।

प्रतिनिधिसभा बैठक बस्दै, प्रश्न सोध्न नपाए संसद् बस्न नदिने कांग्रेसको अडान

संघीय संसद्को प्रतिनिधिसभा बैठक बुधबार बस्दैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत आइतबार वैठक अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने लागेको हाे।

अवरुद्ध भएकै ठाउँबाट संसद् अघि बढ्नुुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठक प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरबाट सुरु हुनुपर्ने निष्कर्ष निकालेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको दलको बैठकले संसद् स्थगित गरिएको ठाउँबाटै बैठक अघि बढाउनु पर्ने निष्कर्ष निकालेको हो।

अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गरेकाे सम्बोधन तथ्यमा आधारित रहेको बताएकाे छ।

पदाधिकारीलाई प्रश्न

आलोचना आक्रमण होइन। आलोचना मित्रवत हुन्छ। वास्तवमा आलोचक बाटो देखाउने अभिन्न मित्र हुन्। आलोचकलाई हाम्रोबारेमा जति चिन्ता अरु कसैलाई हुँदैन। त्यसमा पनि सरकार वा सार्वजनिक पदमा बसेका व्यक्तिप्रतिका अपेक्षाले पनि आलोचनालाई प्रेरित गर्छ। अहिले सरकार आलोचनाबाट निकै उतर्सिन थालेको देखिन्छ। त्यसमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिबारे आउने टीका–टिप्पणीले सरकारलाई झन् धेरै घोचेको महसुस हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै आलोचनाप्रति असह्य भएको संकेत गरेका छन्।

विपक्षीप्रति सभामुख अनुदार

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा विपक्षी दलप्रति अनुदार देखिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको समय माग गर्दै रोस्टम घेराउ गरिरहेकै अवस्थामा सभामुख महराले त्यसलाई बेवास्ता गरी संसद्मा विधेयक पेस गर्न लगाएका हुन्।

‘१० वर्षको समय यत्तिकै खेर, म्याद बढाउने अभ्यास किन ?’

नेकपाका प्रभवशाली नेता भिम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण अनुमति लिएको जिएमआरको म्याद फेरि थप्न सान्दर्भिक नहुने बताएका छन्। सुदुर पश्चिम क्षेत्रका नेता रावलले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एक दशकदेखि लाइसेन्स हातमा लिएको भारतीय कम्पनी जिएमआरलाई पुनः म्याद थप्ने अभ्यास गर्न नहुने बताएका हुन्।

संसदमा सरकारको आलोचना

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरूले सरकारले सरकारले गरेका काम सन्तोषजनक नभएको बताएका छन्। सत्तापक्षदल नेकपा सांसद विमला विकले रामबहादुर बमजमले किशोरी बेपत्ता बनाएको कुरा आएको छ, कति किशोरी बेत्तपा भए त्यसबारेमा गृह मन्त्रालयले जानकारी दिनुपर्ने बताइन्।

माथिल्लो कर्णाली जीएमआरले बेच्न लाग्याे, सरकार लम्पसारः भिम रावल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ‘जिएमआर’ले   बेच्न चलखेल गरिरहेको भन्दै उसको गतिविधि प्रति नेपाल सरकारनै झुकेको टिप्पणी गरेका छन्।

चिकित्सा शिक्षा विधेयक छिट्टै टुंगाउने

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले टुंगो लगाउने भएको छ। शिक्षा तथा स्वास्थ्य उपसमितिको मंगलबार बसेको बैठकले विधेयक टुंगोमा पुर्‍याउन सकेन। उपसमितिको बैठक बुधबार बिहान १० बजे बोलाइएको छ। उपसमितिको बैठकपछि शिक्षा तथा स्वास्थ्य समितिको बैठक बसेर विधेयकको टुंगो लगाइने समितिका एक सदस्यले बताए। डा. गोविन्द केसीसँगको सहमतिबमोजिम विधेयक तयार नभएमा कांग्रेसले फरक मत राख्ने भएको छ।

गगन बोल्दै गर्दा सभामुखले माइकको लाइन काटेपछि...

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सम्बोधन गरिरहँदा सभामुख कृष्ण बहादुर महराले निर्धारित समयअगावै माइक काटेकाे भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

संसद्को पहिलो बैठक : सत्तापक्ष रक्षात्मक, प्रतिपक्ष आक्रामक

प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको बताएपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्षदलका नेताहरू आक्रमकरूपमा प्रस्तुत भएका छन्। हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भनाइ राख्दै दाहालले सरकार समृद्धितर्फ अघि बढेको बताएका थिए।

टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुग्यो : महताे

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले उल्टोपुल्टो काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले सरकारप्रतिको जनताको आशा, विश्वास र भरोसा निराशामा परिणत हुँदै गएको दाबी गरे।

घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अपिल

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता गर्न संसद सचिवालयलाई आग्रह गरेका छन्।

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्