६ आश्विन २०८१ आइतबार
image/svg+xml

बझाङ भूकम्प अपडेट :एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

स्पेनको एउटा नाइटक्लबमा आइतवार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

दुई बालक मृत्यु प्रकरणः आज पनि वीरेन्द्रनगर अशान्त

दुई बालक मृत्यु प्रकरणको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइतवार बिहानैदेखि अशान्त बनेको छ।

विद्यार्थीको शङ्कास्पद मृत्यु भएको भन्दै होस्टेल र विद्यालयमा आगजनी

होस्टेलमै विद्यार्थीको मृत्यु शङ्कास्पद भएको भन्दै आक्रोशित विद्यार्थीका आफन्तहरूले होस्टेल तोडफोडसहित विद्यालयमा आगजनी गरेका छन्। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका –६ घण्टाघर अगाडी रहेको उषा बाल बाटिका सेकेण्डरी स्कुलको होस्टेलमा विद्यार्थी शङ्कास्पद रुपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ।वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै शनिवार बिहान मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो।

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतको खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

वन्यजन्तु आक्रमणबाट १० वर्षमा २७७ को मृत्यु

पछिल्लो एक दशक वर्षमा वन्यजन्तु आक्रमणबाट दुई सय ७७ जनाको ज्यान गएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार हात्ती, बाघ, गैंडा, चितुवा, भालु र जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट पछिल्लो १० वर्षमा सो संख्यामा मानवीय क्षति भएको हो।

इराक आगलागीमा मृत्यु हुनेकाे स‌ख्या ११४ पुग्याे, २ सय बढी घाइते

इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ।

विवाह कार्यक्रममा आगलागी हुँदा इराकमा सयजनाको मृत्यु

इराकमा एउटा वैवाहिक कार्यक्रम भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा एक सयजनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन्।

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्।

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन्।

सल्यानमा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।

चितवनको बैकुण्ठे तालमा डुबेर एकको मृत्यु

चितवन जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्