१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इराक आगलागीमा मृत्यु हुनेकाे स‌ख्या ११४ पुग्याे, २ सय बढी घाइते

इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ ।

साथै २ सय बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्णमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलवार राति आगो लागेको थियो ।

आगोको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताएका छन् ।

प्रकाशित: ११ आश्विन २०८० ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App