७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। विद्युतको खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिका-७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो। उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोष्णा गरेको थियो। यादवलाई करेन्ट लागेको स्थानमा वाइफाई तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ।

प्रकाशित: १२ आश्विन २०८० ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App