४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दाङमा जीप पल्टिँदा एकको मृत्यु

पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।

आरती साह मृत्यु प्रकरण: सासू रेणु साह पक्राउ

आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पक्राउ परेकी छिन्। धनुषा प्रहरीले रेणुलाई जनकपुरको कदम चौकबाट आज पक्राउ गरेको हो।

आगलागीबाट घाइते हेमन्तीको मृत्यु

कालिकोटको खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परी घाइते भएकी १२ वर्षीया हेमन्ती चौंलागाईंको उपचारका क्रममा मृत्यु भएको छ।

गौरबाट पोखराका लागि हिँडेको बस जलविरेमा दुर्घटनाः १ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा परी घाइते भएका उनको उपचारका लागि भरतपुर तर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु

रबरको डुङ्गामा सवार प्रवासीहरू भू-मध्य सागर तरेर युरोप जाँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो।

भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

बसको ठक्करले घाइते ट्राफिकको मृत्यु

कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका– १२ खनार चोकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

भवितव्य घटनामा परी ताप्लेजुङमा चालु आवमा ३१ जनाको मृत्यु

ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्