ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार चालु आवमा २६ पुरुष, ३ बालक र २ महिलाको मत्यु भएको हो।
लडेर, ढुङ्गाले लागेर वा पहिरोमा परेर, डुबेर, करेन्ट लागेर, चट्याङ लागेर र अन्य मृत अवस्थामा भेटिएको घटनालाई भवितव्य सूचीमा राखिएको छ। प्रहरी निरीक्षक लुंगेलीका अनुसार भवितव्यमध्ये सबैभन्दा धेरै १३ जनाको लडेर मृत्यु भएको छ।
लडेर ११ पुरुष र २ बालकले ज्यान गुमाएका छन्। यस्तै ढुंगाले लागेर वा पहिरोमा परी ६ पुरुष र एकजना महिला गरी सातजनाले ज्यान गुमाएका छन्।
४ पुरुष र १ महिला गरी ५ जना मृत अवस्थामा भेटिएका छन्। ३ पुरुष र १ बालक गरी चारजनाको डुबेर मृत्यु भयो भने चट्याङ लागेर र करेन्ट लागेर १–१ पुरुष गरी दुईजनाले ज्यान गुमाएका छन्।
प्रकाशित: २५ फाल्गुन २०८० १४:२४ शुक्रबार