२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीबाट घाइते हेमन्तीको मृत्यु

कालिकोटको खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परी घाइते भएकी १२ वर्षीया हेमन्ती चौंलागाईंको उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेश अस्पतालको आईसियुमा उपचाररत उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले जानकारी दिए।

खाँडाचक्र– ५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौंलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती शुक्रबार आफ्ना बाख्रा जले–नजलेको हेर्दै जाने क्रममा उनीहरुलाई आगोले पोलेको थियो।

आगोले जलेर ४५ मध्ये ४३ वटा बाख्रा मरेका छन् भने १० वटा बाख्रा घाइते भएका छन्। घाइते बाबु–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको थियो। 

यहाँ उपचार हुन नसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको थियो। आइतबार जुम्लामा पनि उपचार सम्भव नभएपछि सुर्खेत लगिएको थियो। हेमन्तीको ७० प्रतिशत शरीर जलेको अवस्थामा रहेको चिकित्सकले बताएका छन्। बाबुको सुर्खेतमै उपचार भइरहेको छ।

खाँडाचक्र नगरपालिकाले घाइते परिवारलाई आजै ३ लाख ८० आर्थिक सहयोगस्वरुप चेक हस्तान्तरण गरेको छ।

प्रकाशित: ४ चैत्र २०८० १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App