लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बढैयाताल गाउँपालिका–१ सानो डाँफे स्थित ४५ नम्बर पिल्लर नजिकबाट प्रहरीले शान्तिपुरका २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई नियन्त्रणमा लिएको हो।
ठकुरी भारतीय बलैगाउँबाट नेपालतर्फ शङ्कास्पद रुपमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा प्लाष्टिक पुरियामा लुकाई छिपाई राखेको अवस्थामा ९ सय ८० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ र लागु औषधका पाँच पत्ता ३३ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिई अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिए।
प्रकाशित: ३ वैशाख २०८२ १८:३८ बुधबार





