९ असार २०८१ आइतबार
image/svg+xml
समाज

गौरबाट पोखराका लागि हिँडेको बस जलविरेमा दुर्घटनाः १ जनाको मृत्यु, ४ घाइते

चितवनको इच्छाकामनामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारतको मोतिहारी चम्पारनका ३७ वर्षीय गौरी दास रहेका छन्। दुर्घटनामा परी घाइते भएका उनको उपचारका लागि भरतपुर तर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२५ नम्बरको बस इच्छाकामना–६ जलबिरेस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी ट्रक चालक वीरगञ्ज–२३ बस्ने ३३ वर्षीय हाकिम मियाँको टाउकोमा चोट लागेको छ भने र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको मुखमा चोट लागेको छ। दुबैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

यस्तै बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमारको पनि भरतपुरमा उपचार भइरहेको छ।

प्रहरीले बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई भने नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ४ चैत्र २०८० ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App