१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बसको ठक्करले घाइते ट्राफिकको मृत्यु

कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।

फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए। खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना हुनुभएको थियो। उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको हो।’ दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरीको नियन्त्रणमा रहेका छन्।

बस चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। अब मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए। –रासस

प्रकाशित: २८ फाल्गुन २०८० १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App