२७ आश्विन २०८१ आइतबार
image/svg+xml

४० किलो चरेशसहित २ भारतीय पक्राउ

कपिलवस्तु नगरपालिका १ स्थित बहादुरगंज जाने चोकमा आइतवार बिहान ४० किलो चरेशसहित २ भारतीय पक्राउ परेका छन्। यति ठुलो परिमाणमा चरेश बरामद भएको जिल्लामै यो पहिलो घटना रहेको प्रहरीले जनाएको छ। बिशेष सुराकीको आधारमा भारततर्फ लैजान लागिएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

नेपाल भारतको सम्वन्ध विचौलियामा निर्भर हुनुहुँदैन : पाण्डे

नयाँ शक्ति पार्टी, नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भारतका राजनीतिक दलका नेताहरुले नेपालसँग राजनीतिक तहमै सम्बन्ध बिस्तार गर्न चाहेको बताएका छन्।

ठेकेदारको लापरबाहीले बिजुली अन्यौलमा

भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण साना जलविद्युत उपभोक्ता समिति जुम्लाको विद्युत गृहमा रहेको टर्बाइन जडान कार्य अलपत्र परेको छ । एक महिना भित्र टर्बाइन जडान गरेर बिद्युत सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको भएपनि अहिलेसम्म मर्मत कार्य नसकिदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन्।

कंगनाको कडा प्रतिवाद

भारतीय गणतन्त्र दिवसको अवसर पारेर बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झांसी’ रिलिज हुँदैछ। फिल्म रिलिजको साता अघि नै नै करणी सेनाले फिल्मको विषयबस्तुका विषयमा विवाद सिर्जना गरेको छ। कंगनाले विवादको खण्डन गर्दै करणी सेनाको प्रतिवाद गरेकी छन्।

भारतलाई एकदिवसीय शृंखला

महेन्द्रसिंह धोनीको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले शुक्रबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै तीन खेलेको एकदिवसीय शृंखला २–१ ले जितेको छ।

बर्दियाकाे सिमामा लागुऔषध कारोबार बढ्दो

लागुऔषध कारोबारी भारतीय नागरिक हरजित सिंह र विमलेशकुमार हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए।

एक कराेड ५० लाखले मारे नदीमा डुबुल्की

कुम्भ मेला पर्वको महत्वपूर्ण अंगअन्तर्गत करोडौं मानिसले भारतको पवित्र गंगा र यमुना नदीको दोभानमा डुबुल्की मारेका छन्।  मानव सभ्यताकै सबैभन्दा विशाल जमघट कुम्भ मेलाको सुरुको दिन मंगलबार एक करोड ५० लाखभन्दा बढी मानिसले मंगलबार पवित्र डुबुल्की मारेको बिबिसीले उल्लेख गरेको  छ। ४९ दिनसम्म चल्ने कुम्भ मेलामा करिब १२ करोड मानिसले कुम्भमेलामा भ्रमण गर्ने आयोजकहरुले बताएका छन्।

नेपाल–भारत सिमाक्षेत्रको दशगजा अतिक्रमणको चपेटामा

नेपाल र भारतबीचको सिमा छुट्याउने दशगजा दिनदिनै अतिक्रमणको चपेटामा परेको पाइएको छ। भारतीयले दशगजा अतिक्रमण गरी खेतीपाती गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ।

हवाई रुटको अन्योल कायमै

नेपाल प्रवेशको लागि थप्ने भनिएका हवाई रुटमा भारतले सहमति नदिँदा अन्योल देखिएको छ। नेपालले तीन वर्षअघि नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरबाट हवाई रुट थप गर्न भारतको सहमति माग्दै आएको छ। सोही रुटको लागि पटक–पटक नेपाल र भारतबीच दुईपक्षीय छलफल भए पनि सहमति जुटेको छैन।

चीनसँगको सीमामा भारतले ४४ वटा सडक निर्माण गर्ने

भारतले चीनसँगको सीमामा ४४ वटा रणनीतिक महत्वको सडक निर्माण गर्ने भएको छ। भारत सरकारले पञ्जाब र राजस्थानमा दुई हजार एक सय किलोमिटर भन्दा बढी एक्सियल र ल्याटरल सडकको पनि निर्माण गर्ने सिपिडब्लूडीको डकुमेन्टले देखाएको छ।

असहिष्णुताको विषालु राजनीति

गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा भारतीय जनता पार्टी नेतृत्वको नवनिर्वाचित सरकार हाँक्न योगी आदित्यनाथलाई छनौट गरे, मोदीका धेरै समर्थकले गोरखपुरको धार्मिक मठका युवा तथा ऊर्जाशील मठाधीश (जो लोकसभाका सदस्य पनि थिए) ले त्यहाँको जुम्सो राजनीतिमा परिवर्तन ल्याउने आशा गरेका थिए। तर, उनीहरूका आशा गलत साबित भएको छ।

भारतले अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई तालिम दिँदै

अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सार्वजनिक वित्त व्यवस्थान विषयमा विशेष तालिम सुरु भएको छ।

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क रुपमा कृत्रिम हातखुट्टा

चौधरी फाउण्डेसनको पहल तथा भारतीय दूतावासको सहकार्यमा नवलपरासीका ५ सय जनालाई कृत्रिम अंग प्रदान गरिने भएको छ। चौधरी फाउण्डेसनको पहलमा भारतको महावीर विलाङ्ग सहायता समिति जयपुरले कृत्रिम अंग सहयोग गरेको छ। जसमा हातखुट्टा रहेका छन्।

नयाँ शक्तिको प्रचार विभाग भारत जाने

नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधि लगायतका विषयमा अध्ययनका लागि सोमवार भारत भ्रमणमा जाँदैछ। प्रचार विभाग प्रमुख विश्वदीप पाण्डे नेतृत्वको विभागको टिमले भारतीय जनता पार्टी, भारतीय काँग्रेस, आमआदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टिमलाई भेटेर नयाँ सूचना तथा सञ्चार प्रविधि, सञ्चार÷प्रचार रणनीति लगायतबारे अध्ययन गर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्