२७ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतीय टोलीमा शंकर र गिल

टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिएपछि बर्खास्तीमा परेका केएल राहुल र हार्दिक पाण्डेयको स्थानमा भारतले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्धको शृंखलाका लागि अलराउन्डर विजय शंकर र ब्याट्सम्यान सुब्मन गिललाई टोलीमा समावेश गरेकाे छ ।

मोदीलाई पराजित गर्न विपक्षीको गठबन्धन

आउँदो मे महिनामा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीलाई पराजित गर्नका लागि उत्तरी भारतको उत्तर प्रदेशका दुई शत्रु राजनीतिक दलले गठबन्धन बनाउने ती दलका नेताहरुले बताएका छन्।

प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी उपाधि

प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

नेपालसँग भएका भारु साट्ने बारे अझै प्रगती भएन

नेपालमा रहेका भारतीय मुद्रा सटही बारे अझै पनि कुनै प्रगति नभएको भारतीय विदेश मन्त्रालयले स्पष्टोक्ती दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रभिश कुमारले शुक्रवार गरेको साप्ताहिक मिडिया ब्रिफिङमा यस विषयमा नेपालसँग सम्पर्कमा रहेको मात्र बताए।

परराष्ट्रमन्त्री भन्छन् : ‘यदि ट्रम्प र किम वार्तामा बस्न सक्छन् भने सार्क मुलुक किन सक्दैनन् ?’

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अवरुद्ध शिखर सम्मेलन चांडै आयोजना हुनुपर्ने बताएका छन्।

प्रधानसेनापति थापा भारत भ्रमणमा

प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आजदेखि माघ ०२ गतेसम्म औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दल भारत प्रस्थान गरेको हो।

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

सुन गायब पार्ने एक भारतीय नागरिक पक्राउ

रुपन्देहीको सैनामैनाबाट सुन गायब गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहारका १९ वर्षीय अमन कुमार शाहले सैनामैना नगरपालिका वडा न.११ बनकट्टा ताली बस्ने वर्ष ३४ की तारा रेग्मीको डेढ तोलाको सुनको सिक्रि नि:शुल्क चम्काइदिने भन्दै गायब बनाएका थिए।

विश्व हिन्दी दिवस मनाइयो

भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दी दिवस मनाएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हिन्दी केन्द्रीय विभागको सहकार्यमा जनवरी १० लाई विश्व हिन्दी दिवसको रुपमा मनाइएको छ।

उच्च जातका गरिबलाई १० प्रतिशत आरक्षण

भारतमा आर्थिक रूपमा कमजोर उच्च जातका व्यक्तिलाई १० प्रतिशत आरक्षण दिनेसम्बन्धी विधेयकलाई प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले सोमबार अनुमोदन गरेको छ।

रंगशाला बनाउने कम्पनीको स्थलगत निरीक्षण

फुटबल रंगशाला निर्माणको जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोटर्स एन्ड एमए कन्स्ट्रक्सन जावलाखेल ललितपुर (जेभी)का पदाधिकारीले सोमबार बिहान रंगशालाको स्थलगत निरीक्षण गरेका छन्।

अस्ट्रेलियामा भारतलाई ऐतिहासिक शृंखला

अन्तिम तथा चौथो टेस्ट पनि बराबर भएपछि विराट कोहलीको कप्तानीमा रहेको भारतले पहिलो पटक अस्ट्रेलियाको भूमिमा शृंखला हात पार्दैै इतिहास रचेको छ।

लागुऔषध खैरो हेरोइन र चरेससहित एक भारतीय पक्राउ

लागु औषध खैरो हेरोइन र चरेससहित कपिलवस्तुमा आइतवार दिउँसो एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले भारतको उत्तर प्रदेश था ना सोहोरतगढका २७ बर्षे मुकेश चौरसियालाई बुद्धभुमनी नगरपालिका २ गोरुसिंगे बजार नजिकबाट ११ ग्राम खैरो हेरोइन र १० किलो २२ ग्राम चरेससहित पक्राउ गरको हो।

भारतकाे आगामी प्रधानमन्त्रीमा ममता बनर्जीकाे नाम चर्चामा

भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएका छन्। अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री छिन। अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताएका हुन।

नेपाल भारत सिमाक्षेत्रमा संयुक्त गस्ती

नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका छन्। सिमा क्षेत्रमा हुन सक्ने अवैध कारोवारका तथा अपराधिक कृयाकलाप राेक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्