२७ आश्विन २०८१ आइतबार
image/svg+xml

‘तेस्रो मुलुकबाट पनि रासायनिक मल ल्याउने व्यवस्था मिलाऊ’

सरकारले भारतसँग जिटुजी (दुई सरकारबीच) सम्झौता गरेर रासायनिक मल खरिद गर्ने प्रक्रिया अघि बढाइरहेका बेला संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भारतसहित तेस्रो मुलुकबाट पनि रासायनिक मल खरिद गर्न निर्देशन दिएको छ। भारतबाट दिगो व्यवस्थापन गरी मल आयात गर्न र तेस्रो मुलुकबाट आयात गर्ने मलका लागि बन्दरगाहको सहजीकरणमा भारतसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो।

अस्ट्रेलियाको संघर्ष जारी

भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

भारतमा बस दुर्घटना हुँदा ६ स्कुले बालबालिकाको मृत्यु

भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारतीय मुद्रा प्रतिवन्धबारे नेपालसँग कुरा भएको छैनः भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले नेपालले २ हजार, ५०० र २०० दरका भारतीय मुद्रामा लगाएको प्रतिवन्ध पश्चात नेपाल सरकारसँग कुनै पनि संवाद नभएको जनाएको छ।

बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

नेपाल जनक पृथ्वीनारायण

भारतीय उपमहाद्वीप एक सहस्राब्दीदेखि पराधीन रही युरोपेली साम्राज्यवादले समेत करिब डेढ शताब्दीसम्म शासन गर्‍यो। यस अवधिमा खैबर भञ्ज्याङदेखि बंगालको खाडीसम्मको भागमध्ये बहुसंख्यक जनता हिन्दू नभएका भागबाट पाकिस्तान र हाल बंगलादेश बन्यो।

शृंखलामा पुजाराको तेस्रो शतक, भारतकाे दरिलो सुरुआत

चेतेश्वर पुजाराले शृंखलामा तेस्रो शतक पूरा गरेसँगै भारतले बिहीबार अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा दरिलो सुरुआत गरेको छ।

नयाँ वर्षकाे पहिलाे दिन भारतमा जन्मिए विश्वकै सबैभन्दा बढी बच्चा

नयाँ वर्ष २०१९ को पहिलो दिन अर्थात जनवरी १ मा भारतमा विश्वभरकै सबैभन्दा बढी बच्चा जन्मिएका छन्।

अख्तियारद्वारा स्मार्ट लाइसेन्सको आपूर्तिकर्तासँग जवाफ माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ। मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड र प्रिन्टमा समस्या देखिएको भन्दै आयोगले १० दिने सार्वजनिक सूचना जारी गरेर प्रिन्टर्सका प्रतिनिधिसँग जानकारी माग गरेको छ।

भारतबाट दुइटा रेल किन्ने तयारी

नेपालले भारतसँग दुईवटा रेल किन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रेल खरिदका लागि सबै प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै जनवरी १० (पुस २६ गते) दुई देशबीच खरिदको सम्झौता हुने जानकारी दिए।

अस्ट्रेलियाविरुद्ध भारत २–१ ले अगाडि

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। मेलवर्नमा आइतबार बिहान सम्पन्न खेलमा भारत १ सय ३७ रनले विजयी भएको हो। अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रन आवश्यक थियो। जितसँगै भारतले चार म्याचको टेष्ट सिरिजमा २–१ ले अग्रता लिएको छ।

भारतीय अवरोधले ठुटेखोला पुल प्रयोगविहीन

भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो ।

कोशीपीडितले अझै पाएनन ७३ वर्ष पुरानो मुआब्जा

सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सैयाै बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन्।

इनर्जी बैंकिङ गर्न भारत तयार

बर्खामा नेपालमा बढी हुने बिजुली उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ। भारतको राजधानी नयाँदिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पिइसी) को १३औं बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो। नेपालले लामो समयअघि बर्खामा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी इनर्जी बैंकिङको अवधारणा अघि सारेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्