२७ आश्विन २०८१ आइतबार
image/svg+xml

तीन तलाकसम्बन्धी विधेयक पारित

विपक्षी दलको बहिस्कारको बाबजुत पनि ‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ बिहीबार भारतको लोक सभाबाट पारित भएको छ। मुस्लिम महिलाको बैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८ माथिको छलफल र यसको पारितको प्रस्ताव संघीय कानुनमन्त्री रवीशंकर प्रसादले लोकसभामा राखेका थिए।

अस्ट्रेलियामाथि भारतकाे दबाब

कप्तान विराट कोहली र शतक प्रहार गरेका चेतेश्वर पुजाराले तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेपछि बिहीबार भारतले तेस्रो टेस्टमा अस्टेलियामाथि दबाब बनाएको छ।

भारतमा मेट्राे भित्रै आगलागी

भारतको कोलकातामा मेट्रो भित्र आगलागी भएको छ। आगलागीका कारण दर्जन बढी यात्रु धुँवाका कारण विरामी भएका छन्।

सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन्। सीमा क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए।

‘रोड–रेल ब्रिज’ ले चीन सीमाना सुरक्षाको आधार'

भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ। पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन्।

अमेरिकी चासोका चुनौती

भारतको गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउने कूटनीतिक कसरत भएको थियो। त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पहल गरेका थिए। सन् २०१९ मा लोकसभा चुनाव हुनुअगावै २६ जनवरीमा ट्रम्पलाई नयाँ दिल्ली उतार्न सक्नु मोदीका लागि लाभदायक हुन सक्थ्यो।

भारतबाट १३ नेपाली महिलाको उद्धार

भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबदा र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको छ।

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

फेरिएको भारतीय मनसाय

सुन्दै अचम्म लाग्न सक्छ, नेपालको जलस्रोतमा सदीयौंदेखि हाबी हुँदै आएको र करिब एक दर्जन ठूला जलविद्युत् आयोजना ओगटेर बसेको   दक्षिणी छिमेकी भारतले अहिलेसम्म एउटामात्र जलविद्युत् आयोजना सम्पन्न गरेको छ, त्यो पनि पञ्चायतकालमा। २०४६ सालअगाडि नुवाकोटमा रहेको सानो क्षमताको जलविद्युत् आयोजना बनाएको भारतले त्यसपछिका करिब तीन दशकमा एउटा आयोजना पनि पूरा गरेको छैन।

चार वर्षमा ६ हजार पिलर गाडिए

चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ। एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन्। सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ।

भारतद्वारा ‘अग्नी–चौथो’ को परीक्षण

भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको छ। अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जान कारी दिइएको छ।

बिजुलीमा हट्यो भारतीय तगारो

दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ।

विद्युत् व्यापार निर्देशिका परिमार्जनले क्षेत्रीय बजारको ढोका खुल्यो : उर्जामन्त्री पुन

भारतले सीमापार विद्युत् व्यापार (आयात–निर्यात) निर्देशिकामा परिमार्जन गर्दै नेपाललाई विद्युत् बेच्न सहज हुने प्रावधान राखेको छ। निर्देशिका परिमार्जनसंगै नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ। आफ्नो लगानीमा बनेका आयोजनाको बिजुली मात्रै किन्ने प्रावधान यसअघि निर्देशिकामा समावेश थियो।

बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ

दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

आमिरको ‘महाभारत’मा शाहरुख ?

मिस्टर पर्फेक्टनिस्ट आमिर खानको वेव सिरिज ‘महाभारत’मा बादशाह शाहरुख खानले काम गर्ने इच्छा देखाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आमिरसँग काम गर्न शाहरुख इच्छुक देखिएका हुन्। महाभारतमा आमिरले भगवान कृष्णको रोल निभाउने पनि खुलासा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्