अतृप्त नेता र बेचैन युवा कार्यकर्ता
प्रकाशोन्मुख किताब ‘क्रान्ति र प्रतिक्रान्ति’ को सम्पादन गर्ने क्रममा पुरानो डायरी पल्टाइरहेको थिएँ, भारतका प्रधानमन्त्री नरसिंह रावसँग प्रधानमन्त्री निवास ७ रेसकोर्स दिल्लीमा भएको भेटवार्ताको लामो टिपोटको यो अंशले मलाई वैचारिकरूपमा उत्तेजित तुल्यायो– सन् १९९६ फेब्रुअरी ७ राति ७ बजे प्रधानमन्त्री निवासको कोठामा पुगेँ।