५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई हरायो

पर्थ – अस्ट्रेलियाले भारतविरुद्धको दोस्रो टेस्ट जितेको छ। दोस्रो टेस्टको पाँचौं दिन भारत ५६ ओभरमा अलआउट हुँदै १४० रनमा समेटिएपछि अष्ट्रेलियाले भारतलाई १४६ रनले पराजित गर्यो। चौंथो दिनको खेल समाप्तीसम्म ११२–५ मा खेलिरहेको भारतले पाँचौैैं दिन २८ रन जोड्दा थप पाँच विकेट गुमायो। दोस्रो टेष्टको दोस्रो इनिङमा भारतका कुनै पनि खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन्।

भारतका लागि अजिंक्या रहाने र ऋषभ पन्तले समान ३०–३०, हनुमा विहारीले २८ र मुरली विजयले २० र कप्तान विराट कोहलीले १७ रनको योगदान दिए। अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। दोस्रो पालीमा अस्ट्रेलियाका लागि मिचेल स्टार्क र नाथन लियोनले ३–३ तथा जोश हेजलवुड र प्याट कमिन्सले २–२ विकेट लिए।

यसअघि अस्ट्रेलियालाई दोस्रो इनिङमा २ सय ४३ रनमा सीमित पारेसँगै जितका लागि २ सय ८७ रनको लक्ष्य पाएको भारतले सम्हालिएको प्रदर्शन गर्न सकेन। रन खाता नखोल्दै ओपनर लोकेश राहुललाई गुमाएको भारतले १३ रन जोड्दा चेतेश्वर पुजारालाई गुमाएको थियो। राहुललाई मिचेल स्टार्कले बोल्ड गरेका थिए भने पुजारालाई जस हाज्लेउडले कप्तान तथा विकेटकिपर टिम पायनेबाट क्याच गराएका थिए।

कप्तान कोहली र विजयले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गर्दै भारतको इनिङ उकास्ने प्रयास गरेका थिए। तर लियोनले कोहलीलाई उस्मान ख्वाजाबाट क्याच गराउँदै भारतलाई झड्का दिएका थिए।  कोहलीले पहिलो इनिङमा शतक पूरा गरेका थिए।

यसअघि १३४–४ बाट चौथो दिनको खेल सुरु गरेको भारतले १ सय ९ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो। अस्ट्रेलियाका उस्मान ख्वाजाले ७२ रनको योगदान गरे। २ सय १३ बल खेलेका ख्वाजाले ५ चौका प्रहार गरे। त्यस्तै पायनेले ३७ रन जोडे। भारतका मोहम्मद सामीले ६ र जसप्रित भुमराले ३ विकेट लिए। पहिलो टेस्ट भारतले ३१ रनले जितेको थियो।

अस्ट्रेलियाले बल टेम्परिङ प्रकरणपछि पहिलो पटक टेस्ट क्रिकेट जितेको हाे मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट जितेपछि अस्ट्रेलिया जितविहीन बन्दै आएको थियो। सो घटनामा संलग्न भएको प्रमाणित भएसँगै तल्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नर एक वर्षको प्रतिबन्धमा परेका थिए भने क्यानरुन बेनक्रफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाइएको थियो।

प्रकाशित: ३ पुस २०७५ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App