२७ आश्विन २०८१ आइतबार
image/svg+xml

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन। सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।

राष्ट्रिय जलवायु सम्मेलनः नेपालले भारत र चीनसँग रोयल्टी माग्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले भारत र चीनबाट रोयल्टी पाउनुपर्ने माग अघि सार्ने भएको छ। ‘हामीले विकसित देशहरुले उत्सर्जन गरेको अत्याधिक कार्बनको सामना गरिरहेका छौं’, जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले भने, ‘दुई ठूला विकासशील देश भारत र चीनले उत्सर्जन गरेको कार्बनले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ, त्यसैले नेपालको विकास र यसको प्रभाव न्युनिकरण गर्नका लागि दुवै छिमेकीले रोयल्टी दिनुपर्दछ।’

भारतीय नेताकाे जनकपुर माेह, दुई वर्षमा प्रमुख तीन भ्रमण

पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तीनपटक प्रमुख भ्रमण हुँदैछ। २०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर भ्रमण गरेका थिए। एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए। मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन्।

चुनावसँगै चर्चाकाे फिल्म

भारत यतिबेला निर्वाचनको माहौलमा छ। यहाँको मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्य चुनावमय बनेको छ। यी राज्यको चुनावी परिणाम सार्वजनिक भएपछि भारतका मतदाता र राजनीतिक दल लोकसभाको चुनावमा सक्रिय हुनेछन्।

भारतमा निर्वाचनः मोदीलाई धक्का, कांग्रेसको पकड बलियाे

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ।

भारतको केन्द्रीय बैंकका गर्भनरद्वारा पदबाट राजीनामा

भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई)का गर्भनर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन्। आरबीआईमा डेपुटी गर्भनर र गर्भनरका रुपमा ६ वर्षसम्म काम गरेका पटेलले सोमवार घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्।

चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा नहेराैं : प्रस्तावित राजदूत आचार्य

भारतका लागि प्रस्तावित नेपाली राजदूत निलाम्बर आचार्यले चीनसँगको सम्बन्धलाई भारतविरुद्धको प्रयोगका रुपमा लिन नहुने बताएका छन्। संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आचार्यले नेपालको चीन र भारतसँगको सम्बन्धलाई एउटै नजरले हेर्न नहुनेमा जोड दिए।

आमिरसँग काम गर्न दीपिकाले मानिनन्, अन्यौलमा ‘महाभारत’

बलिउड अभिनेत्री दीपिका पादुकोणले मिस्टर पर्फेक्शनिस्ट आमिर खानसँग काम गर्न अस्वीकार गरेकी छिन्। ‘ठग्स अफ हिन्दोस्तान’को असफलतापछि नयाँ प्रोजेक्ट ‘महाभारत’ सिरिजको तयारीमा रहेका आमिरले दीपिकालाई काम गर्नका लागि प्रस्ताव गरेका थिए। महाभारतमा दीपिकालाई द्रौपदी रोलमा प्रस्ताव गरिएको थियो। तर उनले आमिरलाई काम गर्न नसक्ने जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जब केन्द्र सरकारका मन्त्री मञ्चमै ढले...

भारतको केन्द्र सरकारका एक जना मन्त्री सार्वजनिक कार्यक्रममा बेहोस भएर ढलेका छन्। महाराष्ट्रको अहमदनगरस्थित महात्मा फुले कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी सडक तथा परिवहन मन्त्री नितिन गडकारी मञ्चमै बेहोस भएर ढलेका हुन्।

कोसी करिडोर बनाउन ठेक्का

कोसी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि निर्माण हुने कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टर्बोलाई दिइएको छ।

जबरजस्ती करणी आरोपमा भारतीय पक्राउ

जबरजस्ती करणीको आरोपमा पर्वतमा एक भारतीय नागरिक पक्राउ परेका छन्। फलेबास नगरपालिका वडा नम्बर ५ मा डेरागरी बस्ने भारतीय नागरिक सद्रे आलम पक्राउ परेका हुन।

भारती खरेल पुरस्कार शर्मालाई

यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ। सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार रहको छ।

सन् २०२२ काे जी–ट्वान्टी शिखर सम्मेलन भारतले आयोजना गर्ने

भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएकाे छ।

कांग्रेस र भारत राजतन्त्र पुर्नस्थापनाको ग्राइन्ड डिजाइनमाः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र भारतले राजतन्त्रको पुर्नस्थापनाको गृहकार्य गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्