२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

भारती खरेल पुरस्कार शर्मालाई

काठमाडौं – यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ। सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार रहको छ।

साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१ औं जन्मजयन्ती एवं उहाँको स्मृतिमा आज आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई सो पुरस्कार प्रदान गरिन्। प्रदेश प्रमुख कोइरालाले आगामी दिनमा पुरस्कार वितरण मात्र नभई अन्य रचनात्मक र सामाजिक कार्यहरु पनि गर्नुपर्ने बताइन्। भारती खरेल प्रतिष्ठानमा सुरुआतदेखि नै सदस्यका रुपमा रही योगदान दिँदै आएकी प्राध्यापक शर्माले यस पुरस्कारले आफूमा साहित्यप्रति थप हौसला जागेको बताइन्।

सो अवसरमा प्रा डा हेमचन्द्र नेपालले नेपाली साहित्यमा भारती खरेलले महिलावादी चिन्तनलाई बढी प्राथमिकता दिएको बताउँदै नेपाली नारी साहित्यमा उनको योगदान अतुलनीय योगदान रहेको जानए। ‘पुरुष दमनप्रति प्रतिवाद र महिलावादी चिन्तन गर्ने खरेलको साहित्यका प्रमुख विशेषता हुन्,’ उनले भने।
खरेलका ‘एउटी आमाको कथा’, ‘लाहुरे’, ‘गंगा जमुना’, ‘कुमारी आमा’ गरी चार उपन्यास प्रकाशित छन्। त्यसैगरी उनले अन्य कविता संग्रह, लघु उपन्यास, भजन र गीत पनि प्रकाशित छन्। प्रतिष्ठानको विसं २०४९ मा स्थापना भएको थियो।

प्रकाशित: १७ मंसिर २०७५ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App