२७ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सन् २०२२ काे जी–ट्वान्टी शिखर सम्मेलन भारतले आयोजना गर्ने

अर्जेन्टिना - भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएकाे छ। प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा सम्पन्न तेस्रो दिनको समापन समारोहमा जी–ट्वान्टी शिखर सम्मेलन गर्ने बारे घाेषणा गरेका छन्।

सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भएपनि एक बर्षपछि आफ्नो ७५ औँ स्वतन्त्रता दिवस परेकोले भारतले उक्त निर्णय लिएको हो। भारतको पालोमा इटालीले सम्मेलन गर्न सहमति जनाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीप्रति कृतज्ञता जनाएका छन्। प्रधानमन्त्री मोदीले ट्विट गर्दै इटाली लगायत सदस्य राष्ट्रहरूले भारतको आग्रहलाई स्वीकार गरेकामा धन्यवाद समेत व्यक्त गरेका छन्। साथै उनले सबै विश्व नेतालाई सन् २०२२ मा भारत आउन निमन्त्रणा समेत दिएका छन्।

जी–ट्वान्टी सम्मेलन विश्वका उदाउँदा अर्थतन्त्रलाई एक ठाउँमा जम्मा गर्ने अन्तर्राष्ट्रिय फोरम हो। जी–ट्वान्टीका सदस्य राष्ट्रहरूसँग विश्वको ८५ प्रतिशत अर्थतन्त्र रहेको छ भने विश्वको दुई तिहाइ जनसङ्ख्या रहेको छ। 

प्रकाशित: १६ मंसिर २०७५ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App